धरान /  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्धारा छठ पर्वको शुभकामना व्यक्त गर्नुभएकाे छ । आज एक भिडियो सन्देश जारी गरि मुख्यमन्त्री राईले सुख, शान्ति, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गर्नुभएकाे हाे । छठ पर्वले सबै नेपालीमा राष्ट्रिय एकता, अखण्डता, मेलमिलाप र आपसी सद्भाव कायम गर्न सफल रहोस् भन्ने कामना मुख्यमन्त्री राईले व्यक्त गर्नुभएकाे छ ।

'चाडपर्वहरुले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक, सुदृढ साँस्कृतिक एकता र पहिचानलाई अक्षुष्ण राख्न महत्वपुर्ण योगदान गरिरहेको छ ।'- उहाँले भन्नु भयाे । 

विगत बर्षहरुमा हर्षउल्लासका साथ मनाउदै आएको चाडपर्वहरु कोरोना भाइरसको कारण अफ्ठेरो र असहज परिस्थितिमा मनाउनु परेको भन्दै उहाँले जो जहा छौं, त्यही बसेर सुरक्षित तवरले चाडपर्व मनाउन पनि बिशेष आग्रह समेत गर्गनुभएकाे छ।