धरान / कोभिड १९ का कारण लामो समयदेखि बन्द भएको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी आइतबारदेखि रुटिन ओटी(शल्यक्रिया) सेवा सुचारु गर्ने जनाएको छ ।

प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले एक सूचाना जारी गर्दै मङ्सिर ७ गतेदेखि रुटिन ओटी सुचारु गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रतिष्ठानले इर्मजेन्सी र सेमी इर्मजेन्सी प्रकृतिका अप्रेसनहरु मात्र गरिरहेको थियो । पालोमा बसेका शल्यmित्रयाहरु हुन सकेको थिएन ।

सहायक अस्पताल निर्देशक डा।वरालका अनुसार स्टाफ नर्सहरुमा ठुलो संख्यामा कोरोना संक्रमण भएपछि जनशक्ति अभाव भएको थियो । जसले गर्दा एक महिनादेखि रुटिन ओटी सेवा बन्द गर्नु परेको जानकारी दिनुभयो । पछिल्लो समय प्रतिष्ठानले ७५ जना नयाँ स्टाफ नर्सहरु नियुक्ती गरेकोले ओटी सेवा सुचारु गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा इर्मजेन्सी र सेमी इर्मजेन्सी ओटीबाहेक ७ वटा रूटिन ओटी हुदैं आएको थियो । एक महिनादेखि भने दुई वटा रुटिन ओटी मात्र सञ्चालनमा रहेको थियो । सबै क्रमशः प्रतिष्ठानका सबै सेवालाईनिरन्तरता दिने अपतालन प्रशासनले जनाएको छ ।