इटहरी / मध्यराती होटलमा जुवा खेल्दैं गरेका ७ जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ ।
इटहरी–२० तराहरामा रहेको रुद्राक्ष पार्टी प्यालेसमा सोमबार राती २ बजे तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सनुसरीका एसपी कमल थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ बर्षीय दिलकुमार पुरी, २९ बर्षीय मुकेश बस्नेत, ४४ बर्षीय नविन गुरुङ, ३४ बर्षीय धनबहाुर पुरी, ४४ बर्षीय भक्तबहादुर पुरी, ४९ बर्षीय नारायण पुरी, ३१ बर्षीय हरीराम बानिया र ३१ बर्षीय विष्णु बास्तोला रहेका छन् ।
उनीहरुको साथबाट तास, नगद दुई लाख ८० हजार २५५ बरामद गरिएको एसपी थापाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले उनीहरुलाई विशेष सुराकको आधारमा पक्राउ गरेको हो ।
मङ्गलबारसम्म तिहारको विदा परेकाले बुधबार उनीहरुलाई अदालतमा उपस्थित गराइने एसपी थापाले जानकारी दिनुभयो । कारवाहीका लागि आवश्यक प्रक्रिया शुरु भएको उहाँले जानकारी दिनुभयो ।