धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचाररत दुई सङ्क्रमितको मृत्यु भएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका –८ का ७२ बर्षीय पुरुष र बरहक्षेत्र नगरपालिका–३ की ४४ बर्षीया महिलाको मृत्यु भएको हो । पुरुषको आज विहान १०ः३० बजे र महिलाको ९ः१५ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार ७२ बर्षीया पुरुषलाई हिजो अस्पताल भर्ना गरिएको थियो । ज्वरो आउने समस्याले प्रतिष्ठानको इमेरजेन्सीमा भर्ना गरिएको थियो । उनलाई आज परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको सहप्रवक्ता श्रेष्ठले बताउनु भयो ।
यता ४४ बर्षीया महिलालाई भने आज विहान नै भर्ना गरिएको थियो । मृगौला सम्बन्धि रोग भएकी ती महिलालाई श्वासप्रश्वासमा समस्या भए पनि अस्पताल ल्याइएको थियो ।