धरान / शहर बजारमा निकै रमाइलो गरि मनाइने चाढ तिहारमा यस पटक प्रशासनले नै रमाइलो गर्न प्रतिवन्ध लगाएको छ ।

कोरोना संक्रमणको उच्च जोखिम भएकोले जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ६ गतेसम्मको लागि निषेधाज्ञा जारी गरेको कारण रमाइलो गर्न नपाइने भएको हो ।
तिहामा देउसी भैलो खेलेर शहर बजार गाउँघरमा निकै रमाइलो गर्ने चलन छ । बलिराजले पठाएको भन्दैं बर्षम एक पटक छरछिमेक नाताआफन्तको घरमा लक्ष्मीपूजाको दिन महिलाहरुले भैलेनी खेल्छन् र भोली पल्टदेखि पुरुषहरुले देउसी रे खेल्ने चलन छ ।
तर भीडभाड बढ्ने र कोरोना सङ्क्रमण फैलिने भन्दैं प्रशासनले निशेधाज्ञा जारी गरेको छ । भिडभाड हुने खालको गतिविधिहरु गर्न प्रशासनले प्रतिबन्ध लगाएको छ । धरानमा संक्रमणको दर बढीरहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या पनि जिल्लामै धरानमा धेरै छ । इलाका प्रहरी काार्यालय धरानले पनि कडाई गर्नै भएको छ ।

प्रशासनले निषेधाज्ञा जारी गरेकोले सोही अनुसार धरानमा पनि देउसी भैलो खेल्न बन्द गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताउनु भयो । डिएसपी बस्नेतका अनुसार उपमहानगरपालिकासँग् सहकार्य गरेर माइकिङ गरेर देउसी भैलोजस्ता कार्यक्रमहरु नखेल्न प्रहरीले आग्रह गरिरहेको छ । निषेधाज्ञा उल्लंघन गरेर देउसी भैलो खेलेको पाइएमा सम्झाएर पठाउने र जर्बजस्ती गरे पक्राउ गरिने डिएसपी बस्नेतले जानकारी दिनुभयो ।