धरान /  क्यान्सर अर्थात अबुर्द रोग हाम्रो शरिरमा रहेको कोषहरूको अनियन्त्रिण वृद्धि हुने प्रकृयालाई बुझाउने वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यारत दुलालले बताउनुभएकाे छ । । पछिल्ला दिनहरूमा क्यान्सरको उपचारका लागी विभिन्न पद्धतीहरू विकसित हुँदै गइरहेकोले चाैथो स्टेजको क्यान्सर भएपनि आत्तिहाल्नु नपर्ने उहाँले बताउनु भयाे । 

'पछिल्ला दिनहरूमा क्यान्सरको उपचारका लागी विभिन्न पद्धतीहरू विकसित हुँदै गइरहेको छ । पहिले किमोथेरापी, चिरफार र सेकाइ प्रविधीबाट मात्र क्यान्सरको उपचार हुने गरेकोमा हाल टार्गेटेड थेरापी, इमिनो थेरापी लगायतको विभिन्न पद्धती विकास भइसकेको छ । यसको सेवा नेपालमा समेत उपलब्ध छ ।' उहाँले दभन्ननुभयाे, 'जस्तै फोक्सोको क्यान्सर चाैथो स्टेजमा नै रहेपनि सुगर, प्रेसरको विरामी जस्तै टार्गेटेड थेरापी, इमिनो थेरापीको माध्यमबाट लामो समयसम्म नियन्त्रणमा राख्न सकिन्छ । त्यसैले अहिलेको अवस्थामा चाैथो स्टेजको क्यान्सर भएपनि आत्तिहाल्नु पर्दैन ।'

साधारणतय हाम्रो शरिरमा भएको कोषहरू जन्मिने तथा निश्चित समयमा मृत्यु समेत हुने गर्दछ । तर क्यान्सरमा यि कोषहरू अनियन्त्रिण रूपमा वृद्धि हुँदै जान्छ । वृद्धि हुँदै गर्दा सर्वप्रथम केही अंगलाई छुने र पछी गएर शरिरको अन्य भागमा समेत सर्ने डा. दुलालको भनाई छ । 'क्यान्सर रोग लाग्ने बित्तिकै जिवन सकियो भन्ने मनोविज्ञान समेत गलत रहेको उहाँले बताउनुभयाे । क्यान्सर रोग लाग्ने बित्तिकै सुरूको चरणमा नै पत्ता लगाई उपचार गरेमा क्यान्सरबाट मुक्ति पाउन सकिन्छ । शरिरको एउटा अंगमा मात्र क्यान्सर भएमा उक्त अंग काटेर फ्याक्न सकिने र पहिलो चरणमा भएमा थप किमो वा रेडियो थेरापी समेत आवश्यक रहदैन ।' उहाँले भन्नुभयाे, 'पाठेघरको मुखको क्यान्सर, घाँटीको क्यान्सर किमो रेडियोथेरापी अर्थात सेकाइको पद्धतीबाट मात्र पनि निर्मुल गराउन सकिन्छ ।' 

क्यान्सर जुनै उमेरको व्यक्तिलाई समेत हुन सक्छ । जस्तै, रगतको क्यान्सर सानो नानीहरूमा देखिने, हड्डीको क्यान्सर बढ्दो उमेरका नानीहरूमा देखिने, ग्रन्थीको क्यान्सर सानो तथा पाको उमेरमा हुन सक्छ । फोक्सो, आन्द्राको क्यान्सर युवाहरूमा समेत पाइन्छ । लक्षणहरूको सहि पचिहान समयमा गर्न सकेमा यो रोगलाई सजिलै पराजित गर्न सकिने डा. दुलाले बताउनुभयाे । हाम्रो शरिरमा असाधारण किसिमका लक्षणहरू जस्तै घाँटी वा काखिमा गाठाँगुठी आएमा, ताैल घट्दै जाने, लामो समय देखिको ज्वरो आउने, निको नहुने र कारण पत्ता नलाग्ने लगायतको लक्षण शंकास्पद हुन सक्छ ।

यस्तै, धेरै थाक्ने, दिनानुदिन सेतो हुँदै जाने, दिसा पिसाबमा रगत देखिने, पाठेघरको मुखबाट फोहोर पानी वा रगत जाने, मासु पलाएको छ, लामो समयदेखि खाना निल्नका लागी गाह्रो हुने लगायतको लक्षण समेत क्यान्सरको हुन सक्छ । स्तनमा सानो गाँठागुठी देखिएपनि समयमा नै चिकित्सकको सल्लाह लिन जरूरी देखिन्छ । हामीले सुरूवादको समयमा नै चिकित्सकको सल्लाह लिएमा यस रोग समयमा नै पहिचान हुने र उपचार गरी पुर्ण निको हुन सकिने उहाँकाे भनाई छ । 

को हुन डा. दुलाल ?

डा. दुलाल हाल बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको मेडिसिन विभाग अर्न्तगत रहेर क्यान्सरका विरामीहरुका लागी बिशेषज्ञको रूपमा कार्यरत रहनु भएकाे छ । उहाँले २०७७ साल साउन १ गतेबाट प्रतिष्ठानमा सेवा थाल्नुभएकाे हाे ।

उहाँले काठमाण्डाैँ विश्वविद्यालय अन्तर्गत काठमाण्डाै मेडिकल कलेजबाट एमबिबिएस गरी त्यहीबाट नै ३ वर्ष इन्टरनल मेडिसिनमा रेजिडेन्सी गर्नुभयाे ।  'मेडिकल अंकुलोजीको लागि इन्टरनल सकाएपछि फेरी ३ वर्षे  डिएम गर्पनु भएकाे छ । उहाँले वीर  अस्पतालबाट डिएम गर्मानु भएकाे  हो । यो मेडिकल अंकुलोजी भनेको बिल्कुलै नयाँ हो । त्यो कारणले हेर्दाखेरी डिएम मेडिकल अंकुलोजीष्ट म भन्दा अगाडी १ जना र मेरो ब्याचको २ जना गरी ३ जना मात्र प्रमाणित भएका छाैँ, नेपालबाट ।' उहाँले भन्नुभयाे । 

डिएम मेडिकल अंकोलोजी भनेको हामी भन्दा पहिले कोहि डाक्टर नै थिएन भन्ने त हैन । पहिले नेपालमा डिएम डिग्री नै थिएन त्यो कारणले गर्दा पहिले चाइनाबाट, भारतबाट पढ्ने अथवा २ वर्षको फेलोसिप, १ वर्षको ट्रेनिङबाट डाक्टरहरूले क्यान्सरको बिरामीहरूलाई हेरीरहनु भएको थियो । मैले यो ३ वर्षे डिएम् सकाएपछि मन्त्रालय अन्तरगत २ वर्षको बण्डमा चाहि काम गर्नुपर्ने हुन्छ ।' त्यही बन्डमा रहेर प्रतिष्ठानमा डा. दुलला आउनुभएकाे हाे ।