काठमाडौ‌ / नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला शुक्रबार सचिवालय बैठक बस्ने मिति तय भएको छ । प्रचण्ड र नेपालसहित सचिवालयका पाँच शीर्ष नेताको लिखित अनुरोध र दुईपटकको अनौपचारिक बैठकको दबाबपछि प्रधानमन्त्रीको समझदारीमा शुक्रवारलाई बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बैठकमा प्रस्तुत हुने एजेन्डाबारे दुई अध्यक्षबीच सहमति भएको छैन् । प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बेग्लाबेग्लै एजे०्बैडा लिएर बैठकमा उपस्ठित हुने छन् ।

प्रचण्डले वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग बेग्लाबेग्लै परामर्श गर्दै सरकार र पार्टी सञ्चालनमा प्रधानमन्त्री ओलीको असफलता र स्थायी कमिटी निर्णय कार्यान्वयनका लागि उनको अवरोधक भूमिकाबारे विस्तृत रूपमै विषय उठान गर्ने तयारी गरेको एक नेताले जानकारी दिनुभयो ।

‘उता, प्रधानमन्त्री ओलीले भने उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले प्रचण्ड र नेपाल समूहका नेताहरूले उठाउने विषयको प्रतिरक्षा र उपाध्यक्ष गौतमको सम्भावित भूमिकाबारे समेत परामर्श गरेको बताइएको छ । गौतमलाई उपप्रधानमन्त्रीसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइने सम्भावना रहेकाले सचिवालयमा उनको भूमिका विवाद समाधानमा कम्तीमा तटस्थ रहने र अन्ततः सरकारलाई नै सहयोग गर्ने प्रधानमन्त्री ओली निकटको आकलन छ ।

प्रवक्ता श्रेष्ठले आफूसहित पाँच शीर्ष नेताले राख्दै आएको विषयवस्तुलाई नै आधार मानेर बैठकमा मूलतः दुई विषयलाई एजेन्डा बनाएर सचिवालयमा छलफल हुन सक्ने बताउनु भयो ।