विर्तामोड / एशोदा फुड्स प्रालिले उत्पादन गरेको करेन्ट चाउचाउले आउदो शनिवार विर्तामोडमा ‘करेन्ट मनोरञ्जन मेला’ आयोजना गर्ने भएको छ । विर्तामोडस्थित सगुन पेट्रोल पम्प छेउको मैदानमा हुन लागेको मेलाका मुख्य आकर्षण राई इज किङ अर्थात राजेश पायलराई रहेका छन् । साँगितिक क्षेत्रका उदयमान कलाकारहरु सविन राई, मिलन अमात्य, जीतु नेपाल, धराने कलाकार डिल्ली फोम्बो, श्रीकृष्ण लुईटेललगायतका कलाकारहरुको दमदार प्रस्तुती रहने आयोजकले जनाएको छ ।
एक दिने मेलामा जादुगर बलराम सरकारले जाँदु देखाउने छन् भने एभेरेष्ट डान्स क्रयुको नृत्य प्रस्तुत हुने छ । मेलामा कम्पनिका विभिन्न उत्पादनहरुको स्टल राखिने आयोजकले जनाएको छ । निशुल्क प्रबेश रहेको कार्यक्रम दिउसो १२ बजेदेखि साँझसम्म चल्ने छ ।