धरान / निर्वाचन नजिकिदै गर्दा नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्रप्रसाद ढकालको टोली सनुसरी पुगेको छ ।
आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुन लागेको महासंघको ५४ औ साधारण सभा तथा निर्वाचनको अभियानमा विहीबार धरान उपमहानगरपालिका–४ स्थित भेडेटारमा प्रदेश १ र २ का एउद्योगी व्यवसायीहरुसँग छलफल गरिएको हो ।
टोलीमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार ढकाल, जिल्ला नगर उपाध्यक्ष गुणनिधी तिवारी, बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्ष रामप्रसाद संघाई केन्द्रीय सदस्यका उम्मेद्वार अशोक ताम्राकार लगायतका रहेकोसुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले जानकारी दिनुभयो ।

ढकालले प्रदेश नं १ र २ का ५२ जिल्लाका अध्यक्षहरु, नगर अध्यक्षहरु, अग्रज उद्योगी व्यवसायीहरुसँग छलफल गरेका छन् । उद्योगी व्यवसायीहरुको गुनासो सुन्ने तथा उहाँहरुको हक अधिकार, सरकारी सौलियत, भन्सार छुटलगायतका विषयमा छलफल भएको बरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले बताउनु भयो । उहाँले उद्योगी व्यापारीहरुको अधिकारलाई संस्थागत गदैं निजी क्षेत्र र सरकारविच पुलको काम गर्ने प्रतिवद्धता व्यक्ति गर्नुभयो ।
यही मङ्सिर पहिलो हप्ता हुने महासंघको निर्वाचनमा दुई समुह चुनावमा होमिएका छन् । अर्को समुहका नेतृत्व किशोर प्रधानले गर्नु भएको छ ।