धरान / धरान उपमहानगरपालिकामा २२० केभी क्षमताको विद्युतको सव स्टेसन बन्ने पक्का भएको छ ।
आज सार्वजनिक भएको गयही कात्तिक २० गते बसेको मन्त्रीपरिषदले धरानमा २२० केभी सव स्टेशन निर्माण प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो । नेपाल सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले विहीबार निर्णयबारे जानकारी गराउनु भएको छ ।

राष्ट्रिय गौरवको आयोजना २२० केभी कोशी कोेरिडोर प्रसारण लाइन धरानको वडा नं २० विष्णुपादुका हुँदै अरुण तेश्रो परियोजनासँग जाेडिएको छ । गतवर्ष प्रसारण लाइन विस्तारका क्रममा विवाद आएपछि प्राधिकरणका तत्कालिन निर्देशक कुलमान घिसिङ, मुख्यमन्त्री शेरधन राईसहितको टोली धरान आएको थियो । सो टोलीलाई धरान उपमहानगरपालिकाकी तत्कालिन कार्यवाहक मेयर मञ्जु भण्डारीले सब स्टेसन धरानमा बनाउन प्रसताव गर्नु भएको थियो ।

ग्त २०७५ पुष २८ गते धरान उपमहानगरपालिकाको सभा हलमा भएको छलफलमा कार्यवहाक मेयर भण्डारीले राखेको प्रस्तावलाई प्राधिकरणका तत्कालिन महानिर्देशक कुलमान घिसिङले स्टेसन बनाउने प्रतिवद्धता जाहर गर्नु भएको थियो । कार्यवाहक मेयर भण्डारीले लिखित रुपमा उर्जा मन्त्रालयमा प्रस्ताव पेश गरि निरन्तर फलो गरे पछि मन्त्रालयले स्टेसन बनाउने निर्णय गरेको हो ।

धरानमा २२० केभीको सव स्टेशन बनेपछि धरानमा ठूला उद्योग कलकारखाना सञ्चालन गर्न विजुलीको समस्या नहुने उपमेयर भण्डारीले बताउनु भयो । भोल्टेज कम हुने धरानको रोग अव हटेर जाने उहाँको भनाई छ । सव–स्टेसन निर्माणका लागि १ अर्व बजेटसमेत अर्थमन्त्रालयले विनियोजन गरिसकेको उहाँले  जानकारी दिनुभयो ।

cabinet-kartik20-2077