संखुवासभा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट नहट्ने संकेत गरेका छन् ।

बुधबार संखुवासभाको किमाथाङ्का पुगेका ओलीले पत्रकारहरुसँग कुरा गर्दै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट नहट्ने बताए छन् ।
पाँच वर्षका लागि जनमत प्राप्त प्रधानमन्त्रीले बीचैमा राजीनामा दिन नमिल्ने उनल ेबताए ।

आफू महाधिवेशनबाट निर्वाचित भएकाले अध्यक्ष छोड्न पनि प्रक्रिया पूरा गर्नुपर्ने उनको भनाई छ । ‘‘कसैको चाहना होला, तर चाहना छ भन्दैमा मैले छोड्न मिल्दैन । जनतालाईआफु धोका दिन सक्दिन ।’– उनले भने ।

अहिले पार्टीभित्र समस्या देखिए पनि विभाजन यसको समाधान नभएको बताउदैं विवादचाढै समाधान हुने बताए ।

संखुवासभाको किमाथांका पुगेका प्रधानमन्त्री ओली सशस्त्र प्रहरीको बीओपीको निरीक्षण, कोशी करिडोर र अरुण तेस्रो जलविद्युत आयोजनाबारे जानकारी लिएर बुधबार नै काठमाडौं फर्किएका छन् । उनीसँगै मुख्यमन्त्री शेरधन राई, राष्ट्रियसभा सदस्य परशुराम मेघी गुरुङलगायत नेताहरु पनि किमाथांका पुगेका थिए ।