काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पाँच नेता छलफलमा जुटेका छन् ।
अध्यक्ष प्रचण्डले दिउँसो चार बजे पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बैठक बोलाइएको छ । यसअघि नै सचिवालयका बहुमत सदस्य प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ धुम्बाराहीमै बसेका थिए ।
यस अघि अनौपचारिक बैठक बसेका थिए । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन दुई पेज लामो लिखित पत्र यस अघि बुझाइएको थियो ।

 तर, प्रधानमन्त्री ओली सचिवालय बैठक बोलाउन तयार नभएपछि फेरि म‌गलबार पाँच नेता छलफलमा जुट्ने भएको बताइएको छ । त

ओली र प्रचण्डबीच दूरी बढेसँगै पार्टी विभाजनको खतरा बढिरहेको बेला प्रचण्डले बहुमत सदस्यहरुसहित बैठक बस्दै आएका छन् । ओ

प्रधानमन्त्रीको सन्देश लिएर खुमलटारमा  शंकर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न स्थायी कमिटी सदस्य एवम् लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेको श्रोतले बताएको छ ।

मंगलबार विहान खुमलटार पुुगेका पोखरेलले प्रधानमन्त्री ओलीसँग सहमति गरेर बैठक बोलाउने बातावरण बनाउन प्रचण्डसँग आग्रह गरेको बताइएको छ ।