धरान / यहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एक जना कोरोना सङक्रमितको मृत्यृ भएको छ ।
यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ ।
धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ बर्षीय वृद्धको उपचारको क्रममा आज दिउँसो १ बजेर ५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा निकै समस्या भए पछि उनलाई शनिवार अस्पताल भर्ना गरिएको थियो ।