धरान / बिपी कोइरालास्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना कोरोना सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
उदयपुर कटारीका १४ बर्षीय बालक र धरान–१८ का ७८ बर्षीय पुरुषको मृत्यु भएको हो । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ८७ पुगेको छ । 
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार टिवीका विमारी बालकलाई नोवल अस्पतालबाट रेफर गरि यही कात्तिक १६ गते प्रतिष्ठानको कोभिड अस्पताल भर्ना गरिएको थियो । उनी आज विहान ९ः५० बजे ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।
७८ बर्षीय पुरुषके भने हिजो राती ११ बजे मृत्यु भएको थियो । मानसिक रोगी उनलाई यही विहीबार नै पोजेटिभ भई सोही दिन अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना गरेको केही बेरमा उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।