धरान  / धरान–५ देविगाउँका युवा नेता गोविन्द विक यतिबेला म्यूजिक भिडियोमा देखिनु भएको छ । यसबर्षको दशैं तिहारको अवसरमा हालै ‘धेरै भो परदेश गएको छोरो’ नामक म्यूजिक भिडियो सार्वजनिक गर्नु भएको छ ।
बहुप्रतिभाका धनी गोविन्द नेपाल विश्वकर्मा युवा मञ्चका अध्यक्ष हुनुहुन्छ । उहाँ उज्यालो स्पोर्टिङ क्लबका अध्यक्ष समेत रहनुभएको छ ।
उनको लेखन र निर्माण रहेको म्यूजिक भिडियोमा बाध्यताले परदेश गएको युवा, उसको परिवार र सामाजिक चरित्रलाई समेटिएको छ ।

आफ्नो उज्वल भविष्यको सपना वोकेर विदेशीएका युवाहरुको भावनालाई समावेश गरेर निर्माण गरिएको सो भिडियो दशैंको टिकाको साइत गरेर सार्वजनिक गरिएको थियो । दशैमा उक्त भिडियोले निकै चर्चा पाएको छ ।
म्युजिक भिडियोमा लामो समय विदेशमा रहेका युवाले यस पटक दशै र तिहारमा आउने वताए पनि मालिकले विदा नदिएपछि टिका र जमरा सुकेको र तिहारमा चेलीले उनको माला पनि त्यति कै सुकेर गएको नेपाली समाजको वास्तविकतालाई देखाइएको छ । म्युजिक भिडियोमा सिजन राजधामी, कुसुम मगर, विनिता न्यौपाने, गोरसमान आले मगर, मीना राईलगायतका कलाकारले अभिनय गरेका छन् ।
राम धामी र गिता चौधरीको स्वर रहेको सो भिडियोको गीतमा राम धामीले संगित दिएका छन् । धरान १२ स्थित भावना डिजिटल रेकडिङ्ग स्टुडियोका हेम सुव्वाले एरेन्जरको भूमिका निर्वाह गरेका छन भने नगेन्द्र लोहोरुङ्ग राईले छायाङ्कन र निर्देशन गरेका छन् ।
सिल्भर इन्टरटेन्मेन्टको यूट्यूबबाट म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।