अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गर्नु भएकाे छ । 

ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई 'संयमित' हुन आह्वान गर्नु भयाे ।  "लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ", उहाँले भन्नु भयाे , तर "प्रक्रियाले काम गरिरहेको छ।"

 

प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयाे , "अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन्।"

'हस्तक्षेप'

मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई "कुनै शङ्का नरहेको" पनि बाइडनले बताउनुभयाे ।  त्यसपछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा 'धाँधली' गरिएको आरोप फेरि लगाउनु भयाे । 

मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत्‌ पहिलो पटक उहाँले धारणा सार्वजनिक गर्नु भएकाे हाे ।  ट्रम्पले उहाँले भन्नु भयाे , "यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु।"

 

हुलाकमार्फत्‌ गरिएको मतदान 'एकतर्फी' भएको दाबी पनि उहाँले गर्नु भएकाे छ । मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले "चुनावी हस्तक्षेप"को सङ्ज्ञा दिनु भयाे । 

 
 

यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै बाइडनले विजयी भएको घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताउनु भएकाे थियाे । राष्ट्रपति ट्रम्पका छोराले एउटा ट्वीट गर्दै चुनावलाई लिएर "पूर्ण युद्धमा जान" आफ्ना बुवालाई आग्रह गरेका छन्।

 

उहाँले त्यो ट्वीटलाई सामाजिक सञ्जाल ट्विटरले दिग्भ्रमित बनाउने खालको कुरा भन्नु भएको छ। जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लगेका छन्।

 

निकै महत्त्वपूर्ण रहेको पेन्सल्भेनियामा ट्रम्पको अग्रता साँघुरिँदै गएको छ।

पचास मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाउनु भएकाे छ भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्।