धरान / यहाँको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज  विहान मात्र ३ जना कोरोना सङ्क्रमितको ज्यान गएको छ ।
मृत्यु हुनेमा २ सप्तरी र एक जना मोरङ जिल्लाका छन् । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ८५ पुगेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले दिएको अनुसार अनुसार मोरङका ५९ बर्षीय पुरुषको बिहानै ३ बजे कोभिड अस्पतालमा मृत्यु भएको छ । उच्च रक्तचाप र मुटुका रोगी समेत रहेका उनलाई कार्तिक ९ गते कोभिड पुष्टि भईसोही दिन प्रतिष्ठान भर्ना गरिएको थियो ।

यता राजविराज १ सप्तरीका २३ बर्षीया युवतीको आज विहान सवा ३ बजे कोभिड अस्पतालमा मृत्यु भएको छ । उनलाई पनि एनेमिया, पेन्टोफेनियालगायत दीर्घ रोग भएको प्रतिष्ठानले जनाएको छ । यही कत्तिक १८ गते कोभिड पुष्टि भए पछि उनलाई १९ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
अर्का राजविराज–८ का ६५ बर्षीय पुरुषको पनि आज बिहान ८ बजे मृत्यु भएकोे छ । यही कात्तिक १५ गते कोरोना पुष्टि भए पछि सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो ।