धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनाधिकृत रुपमा प्रयोग भएका आवासको विषय सुनसरीका प्रमुख जिल्ला अधिकारीले चासो लिएका छन् ।
बुधबार कोभिड अस्पताल र उपचार सेवामा भएको बेथितिबारेहरु सुधार भए नभएको बारेमा बुझ्न धरान आएका प्रजिअ फडिन्द्रमणी पोखरेलले प्रतिष्ठानका पदाधिकारीहरुसँग आवश्यक जानकारी लिएका छन् ।

प्रतिष्ठानका पदाधिकारीले विगतमा गरेको प्रतिवद्धता अनुसार कोभिड अस्पताल र उपचारमा भएको सुधार भए नभएको पनि जानकारी लिए ।

प्रजिअ पोखरेलका अनुसार प्रतिष्ठानको आवासमा बसेका अनावश्यक व्यक्तिहरुलाई निकाल्न पनि निर्देशन दिइएको बताए । विपी प्रतिष्ठानको आवासमा रिटायर्ड भए पनि छोराछोरीहरु बस्नेको बसोवास, भ्रष्टचार मुद्दा लागेर निलम्बन भएका व्यक्ति, ठेकेदार कम्पनिका कर्मचारी तथा कामदारलाई समेत आवास दिइदैं आएको छ । उनीहरुलाई तुरुन्त निकाले आवास अभावमा बाहिर बस्ने प्रतिष्ठानका इमान्दार कर्मचारीलाई दिन निर्देशन दिएको प्रजिअ पोखरेलले जानकारी दिनु भयो ।
उनीहरुलाई निकाल्न प्रक्रिया शुरु भएको जवाफ पाएको प्रजिअ पोखरेलले बताउनु भयो ।

कोभिड अस्पतालको बिग्रिएको भेन्टिलेटर बनिसके, थप १० वटा भेन्टिलेटर आइरहेको, कोभिडमा सबै बेडमा अक्सिजन पाइप जोड्ने काम भइरहेको र नयाँ प्लान्ट थप्ने कार्य पनि शुरु भएको पदाधिकारीहले जवाफ दिएको प्रजिअ पोखरेलले बताउनु भयो।

प्रजिअ पोखरेलसँगै सुनसरीका एसपी कमल थापा, राष्ट्रिय अनुसन्धानका एसपी नगेन्द्र दाहाल प्रतिष्ठान आएका पुग्नु भउको थियो । उपकुलपति डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक डा गौरीशंकर साह छलफलमा सहभागी थिए । विगतमा भएका जनगुनासोलाई सम्बोधन गर्ने काम भइरहेको रजिष्ट्रार डा रेग्मीले जानकारी दिनु भयो ।
प्रतिष्ठान श्रोतका अनुसार अख्तियारमा भ्रष्टचार मुुद्धा लागेका पूर्व उपकुलपति प्राडा विपी दास, प्राडा राजकुमार रौनियार पूर्व डिपुटी रजिष्टार, अमित श्रीवास्तावलगायतले भिआइपी आवास प्रयोग गरिरहेका छन् । ठेकेदार कम्पनिका चेतन अग्रावालललगायत बिपी प्रतिष्ठानमा सामानसप्लाई गर्ने केही ठेकेदारका आफन्तहरुलाई निर्णय नै गराई आवास उपलब्द गराइएको पाइएको छ । बिपी दास उपकुलपति हुँदा आवास दिने निर्णय भएको बताइएको छ । कतिपय धरान घर भएका विशिष्ट कर्मचारीहरुलाई पन पनि आफ्ना आफन्तहरुलाई आवास प्रयोग गर्न दिएको पाइएको छ । कतिपय जिटाइपका आवासहरु त भाडामासमेत दिइएको बताइएको छ ।