धरान / फेसन र म्युजिकले रंगीन बनाएको जीवनशैली धरानको विशेषता हो । अनि हङकङ, बेलायतसँगको पुरानै सम्बन्धले पनि धरानलाई झन आकर्षण बनाएको छ । लाहुरेहरुको शहर धरानलाई थप चिनाउन धरानले घण्टाघर पाएको छ । हङकङमा रहेका घण्टाघरको डिजाइनमा बनेको घण्टाघर आजभोली धरानको पहिचान बनेको छ ।

यो घण्टाघर २०६२ साल पुष २० गतेदेखि औपचारिकरुपमा पर्यटकहरुलाई प्रवेश खुल्ला गरिएको हो । हङकङमा बसोबास गरिरहेका धराने र धरानबासीहरुको यसमा लगानी छ । यो निर्माणका लागि पूुर्वमेयर मनोजकुमार मेन्याङ्बाले अगुवाई गरेका थिए । उन कै अध्यक्षतामा व्यवस्थापन समिति बनाएर हाल व्यवस्थाप गरिदैं आएको छ । यहाँ भित्रको बगौचा, भूकम्प स्मारक पार्कले झन आन्तरिक तथा बाह्य पर्यटकबहरुलाई अलमलिने , फोटो खिच्ने, आराम गर्ने गन्तव्य बनेको छ ।

clock tour

घण्टाघरको विशेषता यति मात्र होइन । पर्यटकका लागि घुम्ने स्थान हो भने घण्टाघर नाडीमा घडी नहुने र साथमा मोवाइन नबोक्नेहरुका लागि समय भन्दिने स्थान पनि हो । एक नासले एउटा काममा अलमलिएको बेला घण्टाघण्टामा घण्टाघरको आवाजले चनाखो बनाई दिन्छ । धरानका बजार क्षेत्रका मान्छे प्राय यही घण्टाघरका आवाजले आफ्नो दैनिक शुरु गर्छन् । ‘विहान यसैले व्युझाउने गर्छ ।’–भानुचोकमा पत्रिका बेच्ने व्यवसायी अर्जुन श्रेष्ठ भन्नु हुन्छ –‘यो त गरिवको घढी पनि हो ।

घण्टाघर परिसरमा २०४५ सालको भुकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा भुकम्प स्मारक बनाइएको छ । धरानमा त्यस बेला भूकम्पले निकै क्षति पु¥याएको थियो । २०४५ भदौ ५ गते बिहान ५ बजे गएको भूकम्पमा देशभर ठूलो जनधनको क्षति भएको थियो । त्यतिवेला धरान नगर क्षेत्रका एक सय १६ जनाको मृत्यु भयो भने एक हजार पाँच सयजना घाइते भएका थिए । त्यति बेला मृत्यु हुनेहरुको सम्झानामा भुकम्प स्मारक बनाइएको हो । यो पनि यति बेला पर्यटकहरुको गतव्य बनेको छ । घण्टाघरको सबैभन्दा माथिल्लो तलाबाट धरान बजारलाई धितमरुञ्जेल हेर्न सकिन्छ । घण्टाघर बाह्य पर्यटकहरुका लागि घुम्ने र स्थानीयहरुलाई भेटघाट, चिया गफका लागि पनि सजिलो भएको छद्ध । घण्टाघरका सुपरभाइजर केशव न्यौपानेका अनुसार दैनिक सरदर दुई सयको हाराहारीमा घण्टाघर प्रवेश गर्छन् । पार्क घुम्न मात्र १० रुपैया शुल्क तिर्नुपर्छ । घण्टाघर चढ्न २० रुपैया शुल्क तिर्नुपर्छ । भिडियो सुटिङका लागि ५ सय तिर्नु पर्छ । तर विगत चैतबाट कोरोनाका कारण घुम्ना आउने शुन्य भएको छ ।
धरान उपमहानगरपालिकाको २० वर्षे दीर्घकालीन सोच अनुरूप पर्यटकहरूका लागि थप आकर्षण र धरान नगरको छुट्टै पहिचान समेत गराउने उद्देश्यले धरानको भानुचौकमा ५६ लाख ३९ हजार लागतमा घण्टाघर निर्माण भएको थियो । घण्टाघर निर्माण गर्न धरान हङकङ मञ्चको सहयोगमा निर्माण गरिएको हो ।

हङकङ स्थित घण्टाघरकै नमुनाको उक्त घण्टाघर जमिन भन्दा माथि ७६.५ फिट उचाइको रहेको छ । ५५ फिटको उचाइमा गएर एक पटकमा करिब ५० जना सम्मले वरिपरि परिक्रमा गर्दै दृश्यावलोकन गर्न सक्ने छन् । पूर्वी नेपाल घुम्नका लागि पर्यटकीय हवको रुपमा धरान विकास भएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी बताउनु हुन्छ । नेपालकै आधुनिक सहरका रुपमा आफ्नो पहिचान बनाएको धरान पूर्वी पहाडी जिल्लाहरुको प्रवेशद्वार पनि हो । घण्टाघर धरानको मुख्य आकर्षण पनि हो ।
अण्डरग्राउण्डसहित ६ तलामा बनेको घण्टाघर भन्दा वरपरका घरहरुलाई बढि तला थप्न उपमहानगरपालिकाले इजाजत दिएर घण्टाघरलाई ओझेलमा पार्ने काम भएको स्थानीयले गुनासो गरेका छन् ।

ghantaghar