धरान /  आधुनिक गीतहरु गाउन मन पराउने गायक ज्ञान सुब्बा बिगत ५ बर्षदेखि लगातार आफ्ना गीतहरु नेपाली सांगीतिक आकाशमा निरन्तर पस्किरहनु भएकाे छ । 

हुनत् अढाई दशक अघिदेखि नै धरानको सांगीतिक माहोलमा हुर्किएर संगीतको सारेगमापामा निखारिएका गायक ज्ञान सुब्बाले त्यो समयमा पनि एउटा एल्बम बजारमा ल्याउनु भएकाे थियाे ।  तर आफुलाई चित्त नबुझेपछि दर्शक श्रोताहरुलाईसमेत सुनाउन हिच्किचाउने गायक ज्ञान सुब्बा करिब दुई दशक सांगीतिक अभ्यासमा भनौ या त संगीतमा भबिष्य नदेखेर हो आफुलाई आफ्नै संसारमा भुलाएर एक्काशी देखापरेका थिए । ‘तिम्रो प्रतिक्षा’ एल्बमका साथ् आफ्नो खारिएको आवाजका साथ ।

‘हिउँदको घाम’ जस्तै बोलको उक्त एल्बमको गीतले राम्रै चर्चा बटुल्यो । पल शाह र अलिशा राईको जोडी पनि सोही गीत मार्फत स्टारका रुपमा उदाए । अहिले आएर उहाँले नयाँ गीत म्युजिक भिडियोसहित आफ्नै युट्युब च्यानल ‘ज्ञान सुब्बा’ मार्फत सार्वजनिक गर्नु भएको छ ।

‘ओ ब्यस्त जीवन एकै छिन् पर्खि’ बोल रहेको गीत रविन बान्तवा खावोहाङ राईको शब्द संगीतमा उहाँले आफ्नो मधुर आवाजले गीतमा पूराका पुरा न्याय गरेर गाउनु भएको छ । कर्मथलोको रुपमा हंगकंगमा बसोबास गर्ने गायक ज्ञान सुब्बा र गीतकार र संगीतकार रविन बान्तवा खावोहाङ राईको आफ्नै ब्यस्त जीवनलाई गीत संगीत मार्फत उजागर गरेको अनुभव यसका प्रत्येक शब्दहरुले उजागार गरेको छ ।
म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले सुन्दर गीतलाई निक्कै आकर्षक रुपमा भिडियोमा उतारेका छन् । नायिका छुल्ठिम गुरुङ्ग , बाल कलाकार सरगम राई र निर्देशक पाख्रिन स्वयंको अभिनय दमदार छ । गीत सँगै भिडियोले पनि सबैको मन छुनेछ ।
समग्रमा सम्पूर्ण रुपमा एउटा आफ्नै कथा हेरिरहेकोर सुनिरहेको पाउनुहुनेछ अधिकांश दर्शक, श्रोताहरुले ।

भावना रेकर्डिङ्ग स्टुडियो धरानमा रेकर्ड गरिएको तथा गोपाल रसाइलीको संगीत संयोजन र मीन बिष्टको मिक्सिङ्ग तथा बुद्ध थापाको छायांकन , सुशील न्यौपानेको सम्पादन उक्त भिडियोमा रहेको छ ।