धरान  / कोरोनासङ्क्रमणले गम्भीर विरामी परेका सुनसरी क्षेत्र नं. १ का सांसद मीन विश्वकर्मालाई भारतको स्तरियअस्पतालमा लगेर उपचार गर्न सरकारसँगमाग गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संगठन विभागका प्रमुख तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठले कोरोना संक्रमित विश्वकर्मालाई थप उपचारको लागि दिल्ली लान सरकारसँग माग राख्नु भएको छ ।

कोरोना संक्रमण भएपछि जटिल विरामी भएका विश्वकर्मालाई काठमाडौंको ग्राण्डी अस्पतालमा भेन्टिलेटर राखेर उपचार गराइरहेको छ ।उनको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग उपचारको लागि एयर एम्बुलेन्समार्फत दिल्ली लान आग्रह गरेको श्रेष्ठले बताउनु भएको छ ।
उहाँले प्रधानमन्त्रीसँग कुरा गरेर तत्काल यस्तो निर्णय गर्न आग्रह गर्नु भएको छ ।