धरान । मोरङको केराबारी–६ बाट व्यापारीसहित ५ जना जुवाडेलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाली काङ्ग्रेस धरानका नेता भूपेन्द्र भट्टराईले सञ्चालन गरेको कालिज पालन गरिएको कृषि फर्ममा जुवा खेल्दै गरेको अवस्थामा सञ्चालकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले ८ लाख ९९ हजार २५० रुपैयाँ नगद पनि बरामद गरेको छ ।

उनीहरूलाई प्रदेश १ प्रहरी कार्यालय विराटनगरको टोलीले शनिबार छापा मार्ने क्रममा पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार कृषि फर्म सञ्चालन गरेको बहानामा जुवा खेलाउने गरेको सूचना आए पछि प्रहरीले छापा मारेको थियो ।

एक स्थानीयका अनुसार कालिज खाने बहानामा रातको समयमा विभिन्न स्थानबाट मानिसहरू आउने गरेका थिए । भट्टराईले फर्मको बहाना गरेर जुवा खेलको अखडा बनाउदैं आएको स्थानीयले बताएका छन् । उनी यस अघि नेपाली काङ्ग्रेसबाट स्थानीय तहको निर्वाचनमा धरानको वडा नं. ६ वाट वडाध्यक्षको उम्मेद्वार थिए ।