विराटनगर / प्रदेश १ मा आज २२२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै प्रदेश १ मा १९ हजार १७५ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज मोरंगका १२६ जना छन् भने सुनसरीका ५८ जना, झापाका २९, इलामका ३, धनकुटाका १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा १०५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् । मोरंगको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २–२, केराबारी, रंगेली र बेलबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराहक्षेत्रमा ३, बर्जु, गढी र दुहवीमा १–१ जना, झापाको दमक र विर्तामोडमा ६–६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्धशान्ति र भद्रपुरमा २–२, हल्दीबारी र शिवसताक्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ आज ३२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ८५० पुगेको छ ।
हालसम्म १ लाख ५९ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
कारोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको मन्त्रालयले जनाएको छ ।