धरान /  यहाँको बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानले सञ्चालन गरेको कोभिड–१९ अस्पतालमा चरम लापारवाही भएर विरामीको मृत्यु हुने गरेको भन्दैं आलोचना बढे पछि अस्पताल प्रशासनले आज अस्पतालको निरीक्षण गरेको छ ।
प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको निर्देशनमा अस्पताल निर्देशक प्राडा. गौरीशंकर साहको नेतृत्वको टोलीले कोभिड अस्पतालको आकस्मिक अनुगमन गरेको हो । निरीक्षणको क्रममा प्रतिष्ठानका ८ वटा भेन्टिलेटरले काम गरिरहेको पाएको निर्देशक साहले जानकारी दिए । यद्यपी प्रतिष्ठानले १० थान भेन्टिलेटर जडान गरेको थियो । तर १० मध्य ६ वटा विग्रिएको अवस्थामा रहदा विरामी अन्यत्र रेफर गर्दा धेरैको ज्यान गएको थियो ।

123139680_356981665589404_6046360863642637509_n ‘प्रतिष्ठानको कोभिड अस्पतालको सामाग्री बिग्रिएको र विरामीको राम्रो उपचार र हेरचाह नभएको भन्ने अफवाह मात्र हो । अस्पतलाको साधान श्रोत अनुसारको काम भइरहेको छ ।’–निर्देशक साहले भने–‘कुनै प्राविधिक समस्या हुदा एक जना इन्जिनियरलाई स्टेण्डवाई राखिएको छ ।’

अस्पतालको प्रत्येक बेडमा अक्सिजनको पाइपलाइन पु¥याउने कार्यसमेत भइरहेको उनले बताए । अबको १०।१२ दिनमा मेन अक्सिजन प्लान्टबाट पाइपलाइनिङ गरी सिधै कोभिड अस्पतालमा पुग्ने उहाँको भनाई छ । प्रतिष्ठानमा गत जेठमा १० वटा भेन्टिलेटरसहितको एक सय बेडको कोभिड अस्पताल संघ र प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको थियो ।

प्रतिष्ठानमा ल्याइएका कोरोना सङ्क्रमितहरु हेरचाह, प्रयाप्त अक्सिजन, भेन्टिलेटर अभावमा ज्यान जाने गरेको जनगुनासो बढेको छ । प्रतिष्ठानका उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीको बेवास्ताका कारण लथालिङ बनेको विषयमा व्यापक सामाजिक सञ्जालमासमेत आलोचना भएको थियो । यही कात्तिक ९ गते सुनसरी क्षेत्र नं. १ मानीयहरुले पदाधिकारीहरुलाई भेटेर प्रतिष्ठानको कोभिड अस्पताल सुधार गर्न निर्देशन दिए । प्रशेश १ का सभामुख प्रदिपकुमार भण्डारी, प्रतिनिधि सभा सदस्य जयकुमार राई नेकपा सत्तारुढ दलका स्थायी कमिटी सदस्यसमेत रहेका प्रदेश सांसद भीम आचार्या, उमित बराइली, सावित्री श्रेष्ठलगायतको टोलीले १५ दिन भित्र सुधार गर्न निर्देशन दिएको थियो ।

यता सनुसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले पनि जिल्ला प्रमुखको हैसियतमा लिखित रुपमा जनताको गुनासोको सुनुवाई गर्न अनुरोध गरेका थिए ।