आज नवारात्रको नवौँ दिन । आजकै दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरेर मनाईन्छ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिनुहुन्छ । यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्र्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएकोछ । सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गर्नुभएको छ ।

 देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान हुनुहुन्छ । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ । उनी अन्तिम देवी हुन् र उहाँको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् ।

भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गर्नुभएकोछ । यस देवीको अनुग्रहले शिवको आधा शरीर देवीको थियो । यस कारणले शिव अर्धनारीश्वर नामले प्रख्यात हुनुभयो । हामीले माताको पाउमा उपासना गर्न जारी राख्नु पर्छ र स्थिर रहनु पर्छ । यस देवीको स्मरण, ध्यान, आराधनाले हामीलाई यस संसारको जोखिमलाई महसुस गराउँदछ र हामीलाई अमृत पदमा पुर्याउँछ । देवी सिद्धिदात्री कै कृपाबाट तीनै लोकमा यक्ष, मुनि, ऋषि, मानव, राक्षस, देव, दानव इत्यादि सबैले सिद्धि प्राप्त गर्न सक्नेछन् ।

“ऊँ ह्रीं चामुण्डायै विच्चे नमो नमः देवीको यो बीज मन्त्र कम्तिमा १०८ पटक मन्त्र उच्चारण गर्नुपर्दछ । भगवान शंकर र ब्रह्मा जीको पूजा गरिसकेपछि अन्तमा हविहरु चढाउँदै आरती गर्नुपर्दछ । हवनमा भएका जुनसुकै भेटी सबै मानिसहरुमा वितरण गरिनु पर्छ ।

ध्यानः
वन्दे वांछित मनोरथार्थ चन्द्रार्घकृत शेखराम् ।
कमलस्थितां चतुर्भुजा सिद्धीदात्री यशस्वनीम् ।।
स्वर्णावर्णा निर्वाणचक्रस्थितां नवम् दुर्गा त्रिनेत्राम् ।
शख, चक्र, गदा, पदम, धरां सिद्धीदात्री भजेम् ।।
पटाम्बर, परिधानां मृदुहास्या नानालंकार भूषिताम् ।
मंजीर, हार, केयूर, किंकिणि रत्नकुण्डल मण्डिताम् ।।
प्रफुल्ल वदना पल्लवाधरां कातं कपोला पीनपयोधराम् ।
कमनीयां लावण्यां श्रीणकटि निम्ननाभि नितम्बनीम् ।।

स्तोत्र पाठः
कंचनाभा शखचक्रगदापद्मधरा मुकुटोज्वलो ।
स्मेरमुखी शिवपत्नी सिद्धिदात्री नमोऽस्तुते ।।
पटाम्बर परिधानां नानालंकारं भूषिता ।
नलिस्थितां नलनार्क्षी सिद्धीदात्री नमोऽस्तुते।।
परमानंदमयी देवी परब्रह्म परमात्मा ।
परमशक्ति, परमभक्ति, सिद्धिदात्री नमोऽस्तुते ।।
विश्वकर्ती, विश्वभती, विश्वहर्ती, विश्वप्रीता।
विश्व वार्चिता विश्वातीता सिद्धिदात्री नमोऽस्तुते ।।
भुक्तिमुक्तिकारिणी भक्तकष्टनिवारिणी ।
भव सागर तारिणी सिद्धिदात्री नमोऽस्तुते ।।
धर्मार्थकाम प्रदायिनी महामोह विनाशिनी ।
मोक्षदायिनी सिद्धीदायिनी सिद्धिदात्री नमोऽस्तुते ।।

यसरी सिद्धिदात्री देवीको ध्यान,स्तोत्र तथा पूजा गर्नाले सम्पूर्ण मानव जातीले सिद्धि प्राप्त गर्दछन् । सिद्धिदात्रीलाई आफ्नो श्रद्धा र भक्तिले गरेको पूजा तथा आराधाना गरेमा पूर्व जन्मको पापबाट मुक्ति मिल्ने,घरपरिवारमा शुख शान्ति प्राप्त हुने, दुःख कष्ट हरण हुने र अलौकिक शक्ति प्राप्त हुने शास्त्रको वचन रहेकोछ । सिद्धिदात्रीलाई विशेष गरी रातो फूल तथा सबै प्रकारको सुगन्धित पुष्पहरू प्रिय छन् भने नरिवल तथा गुलियो परिकारहरु अधिक प्रिय छन् ।

ज्यो.दुर्गा भण्डारी ।