धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिनाको शिशुसहित दुई जनाको ज्यान गएको छ । यससँगै प्रतिष्ठानमा मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । 
शिशुको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा शुक्रबार र दिउँसो एक महिलाको ज्यान गएको हो ।
प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मोरङको सुन्दर हरैचाका ५ महिनाकी छोरीलाई शुक्रबार नै संक्रमण पुष्टि भएको थियो । ब्रेन सम्बन्धी रोगको समस्या भएको पनि प्रतिष्ठानका सह प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै शुक्रबार दिउँसो धरान–११ की ५२ बर्षीय एक महिलाको पनि प्रतिष्ठान मै उपचारको क्रममा मृत्यु भएको छ । उनलाई उच्च रक्तचाप र मधुमेह जस्ता दीर्घ रोग भएको बताइएको छ । यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वस्थ्यमा समस्या भए पछि ५ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको प्रतिष्ठानाका सहप्रवक्ता श्रेष्ठले बताए ।