धरान / गायक एपी शेर्पाले दशैंको अवसरमा दशैं गीत लिएर आएका छन् I कोभिड -१९ को महामारीले यसपालीको दशैं नै  खल्लो भएकोले  भिडियोसहित रिलिज गर्ने योजना भएपनि गायक शेर्पाले दशैं गीत आफ्नो युट्युब च्यानल मार्फत लिरिकल भिडियोको रुपमा रिलिज गरेका छन् I

 गायक शेर्पाले आफ्नै रचना र स्व. राइमन राईको संगीतमा दशैं गीत तयार गरेका हुन् I

"बर्षदिनमा आउने चाँड

खुशीले छायो सारा गाउँ शहर

दुःखलाई भुलाई  सबै एकै ठाउँमा मिली

खुशीले रमाउ आऊ झुमौं

नाचौं गाऔं गरौँ रमाइलो

दशैं आयो

खुशीको बहार आयो

गाउँ शहरमा उमंग छायो "

आगामी बर्ष कोरोना महामारीको अन्त्य भई उल्लासमय रुपमा भिडियोसहित गीत रिलिज गर्ने वातावरण तयार होश भन्ने कामना गर्दै घरमै बसेर सबैलाई दशैं मनाउन अनुरोध गरेका छन् I

एपी शेर्पा को दशैं गीतको भिडियो लिंक :