धरान /  कोरोनामहामारीले सबैतिर समस्या छ । स्थानीयलाई कसरी दशैं मनाउने भन्दा पनि कसरीछाक टार्ने भन्ने बढि चिन्ता छ । यस्तो बेलामा कसैको सहयोग पाउदा ठूलो राहत महसुस हुन्छ । यही महामारीलाई मध्यनजर गरेर धरान उपमहानगरपालिका ९नं. वडाका जनप्रतिनिधिहरु मिलेर विपन्न परिवारलाई दशैंका लागि केहीखाद्यान्न बाढेका छन् ।

धरान–९ का वडाध्यक्ष रत्न कटवालसहितका जनप्रतिनिधिले आफ्नो वडामा रहेका विपन्न तथा गरिब परिवारको नाम लिष्ट तयार गरी घर रमै पुगेर चामल बाँडेका हुन् ।

‘एक विपन्न परिवार, १० केजी चामल अभियान नै बनाए घर घरमा पुगेर वितरण गरिएको छ । १० केजी चामलसँगै एक केजी दाल, एक पोका तेल, एक पोका नुन र सब्जीसमेत दिइएको अध्यक्ष रत्न कटवालले जानकारी दिए । उनले जानकारी दिए ।
‘एक सय परिवारलाई वितरण गरिनु उनले बताए ।
दशैं नजिक आइसकेको र कोरोना कहरका कारण विपन्न परिवारले काम नपाएर दशैं खल्लो नहोस् भनेर हामी आफैले व्यक्तिगत रुपमा जटाएको वडा सदस्य मनोज राउतले जानकारी दिए ।

‘यस पालिकाको कोरोना कहरका कारण धेरैको दशैखल्लो होला भन्ने लागेर हामीले ५ जना जनप्रतिनीधि मिलेर विपन्नलाई दशै खर्च वितरण गरेका हौं ।’–वडा सदस्य राउतले भने ।