धरान / धरानस्थित बिपी कोइराला स्वजास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जना संक्रमितको मृत्यु भएको छ ।
इटहरीका ५६ बर्षीय पुरुषको सोमबार राती ९ः३० बजे उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
कात्तिक १ गते कोरोना पोजेटिभ भए पछि कात्तिक २ गते अस्पताल भर्ना गरिएको थियो । नियम अनुसार शव व्यवस्थापन भइरहेको सहप्रवक्ता श्रेष्ठले बताए । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
यता धरान उपमहानगरपालिकामा मंगलबार विहान २०६ जना कोरोना संक्रमित थपिएका छन् ।
आइतबार एन्फा क्वारेन्टिनमा र वीपी प्रतिष्ठानमा स्वाब संकलन भएकाहरु मध्य २०६ जनामा पोजेटिभ देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । योसँगै धरानमा संक्रमितहरुको कुल संख्या २ हजार २ सय १३ पुगेको उहाँले जानकारी दिए ।