धरान / धरानमा दुई जना होम आइसोलेसनमा बसेकासहित तनि जनाको मृत्यु भएको छ भने विराटनगरमा थप ४ जना संक्रमितको ज्यान गएको छ ।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता आशिष श्रेष्ठका अनुसार इटहरी–२० का ७८ बर्षीय पुरुषको सोमबार विहान मृत्यु भएको हो ।
उनलाई असोज १९ गते प्रतिष्ठान भर्ना गरिएको् थियो । उपचारको क्रममा कोभिड अस्पतालमा उनको मृत्यु भएको हो ।
यस्तै सोमबार नै धरान ८ र १५ का दुई जना संक्रमितहरुको होम आइसोलेसनमा मुत्यु भएको छ । धरान ८ का ७० र धरान–१५ का ७४ बर्षीय पुरुषको मृत्यु भएको १५ नंं वडाध्यक्ष नरेश इवारम जानकारी दिए  । दुर्व जनामा दीघ रोग हेको थियो । धरान–८ की पुरुषको र्मगौला रोगी भएर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाइलाइसिस गराइरहेका र आइतबारमात्र घर ल्याइएको थियो । उनलाई केही दिन अघि कोरोना पोजटिभ देखिएको थियो ।
धरान १५ का वृद्धको गत शनिवार कोरोना पोजेटिभ देखिए पछि होम आइसोलेसनमा बसेका थिए । मुटुको वाइपास सर्जरी गरेका उनको सोमबार विहान मृत्यु भएको वडाध्यक्ष इवारमले जानकारी दिए। ।

यता विराटनगरमा कोरोना संक्रमणबाट थप ४ जनाको निधन भएको छ । ती मध्ये एक जना अस्पतालका सञ्चालक पनि छन् ।

मृत्यु भएकाहरुमा नोबेल मेडिकल कलेजमा दुई जना छन् भने कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र बिराटनगर र न्यूरो अस्पतालको कोभिड–१९ अस्पतालमा एक–एकको मृत्यु भएको छ । न्युरो अस्पतालमा मोरङको पथरीशनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको छ । उनी पथरीस्थित मोरङ हस्पिटल प्रालिका सञ्चालक भएको बताइएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको र मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित थिए ।

यस्तै, नोबेल मेडिकल कलेजमा मोरङको ग्रामथान गाउँपालिकाका एक व्यक्तिको आज बिहान र विराटनगर–३ का थप एक व्यक्तिको हिजो राति ११ बजे मृत्यु भएको छ । दुवै जना पुरुष हुन् । यस्तै, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिराटनगर–२ की ६० वर्षीया महिलाको आज बिहान करिब ४ बजे मृत्यु भएको छ ।