धरान, / धरान उपमहानगरपालिका– १६ का ४९ बर्षीय एक शिक्षकको बुधबार राती होम आइसोलेसन मै मृत्यु भयो । धरानस्थित बिपी प्रतिष्ठानमा बेड सोध्दासोध्दैं उनको ज्यान गयो । बुधबार राती नै धरान ९ का ५८ बर्षीय पुरुषको मृतयु भयो । उनलाई प्रतिष्ठानमा अक्सिन बेड नभए पछि घर मै अक्सिजन किनेर राखिएको थियो । राती ११ अस्पताल पु¥याउने वितिकैउनको ज्यान गएको ९ नं. वडाध्यक्ष रत्न कट्वालले जानकारी दिए । धरान २ का ८९ वर्षीय पुरुषको सोमबार बिहान होम आइसोलेसन मै मृत्यु भयो । अस्पताल लान लाग्दा भेन्टिलेटर अभाव भएको भने पछि परिवारलेघर मै राखे । एक साता अघि धरान–८ का ५२ बर्षीय पुरुषको धरानस्थित बिपी कोइराल ास्वास्थ्य विज्ञान प्रतिष्ठानको इमेर्जेसीमा भर्ना भएका थिए । निमोनियाका कारण अस्पताल पुगेकाउनलाईकोरोना संक्रमण भयो । प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा भेन्टिलेटर अभाव भए पछि उनको ज्यान गयो । धरानमा मात्र अस्पताल जान नपाई ५ जनाको मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । बिपी प्रतिष्ठानको तथ्याङ्क अनुसार विहीबार विहानसम्म ५८ जना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रदेश १ मा आइतबार ६, सोमबार ४ मंगलबार ३, बुधबार ४ जना,विहीकार ९ जना, शुक्रबार २ संक्रमितको मृत्यु भएको छ । । शविनाार साँझसम्म कुल मृतकको संख्या १ सय २४ पुगेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाले जनाएको छ ।
प्रदेश सरकारले जेठमै २ हजार शैयाको आइसोलेसन वार्ड बनाउने घोषणा गरेको थियो तर अहिलेसम्म शुरुभएको छैन् । प्रत्येक स्थानीय तहमा १५ को आइसोलेसनसहितोे अस्पताल निर्माण गर्ने भनिए पनि कुनै स्थानीय तहले संचालन गर्न सकेका छैनन् । विमारीको चाप भने अस्पतालमा थेग्न नसक्ने भएको छ । धरानको बिपी प्रतिष्ठानले विमारीको चाप थेग्न नसक्ने भन्दैं विमारी समन्वय गरेर मात्र ल्याउन अस्पताल प्रशासनले केही दिन अघि सूचना र्नै जारी गरेको छ । अस्पतालले धान्न नसकेको भन्दैं अस्पताल प्रशासनले स्थानीय तहरुलाई लकडाउन गर्नसमेत सूझाव दिएको थियो ।

पछिल्लो समय संक्रमित चौगुना बढेका छन् । एकसाता अघि धरानमा ३०÷३५ जना संक्रमित पुष्टि हदैं आएकोमा सोमबार ११०, मंगलबार २९२ र बुधबार २४३, विहीबार १५० शुक्रबार १)०८ जनामा संक्रमण पुष्टि भयो । पिसिआर परीक्षणको दायरा घटाइएको भएपनि संक्रमितको दर भने बढेर गएको छ । दसैंका लागि किनमेल गर्नेहरू स्वास्थ्य प्रोटोकल वेवास्ता गदैं बजार–पसलमा भिड जम्मा हुने क्रमबढेकाले अझ भयाभह अवस्था आउने चिकित्सकहरु बताउछन् । अझै तीव्र रूपमा संक्रमितको संख्या बढ्ने जोखिम रहेको उनीहरुको भनाई छ । संक्रमण वृद्धि स्तर अनुसारको प्रदेश सरकार र स्थानीय तहहरुको तयारी भने नदेखिएको चिकित्सकहरूको भनाइ छ । बिपी प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले लक्षणसहितका विमारी बढ्दो क्रममा रहेको र मृत्यु संख्या बढेको बताए ।

‘अवको अवस्थामा धेरै संक्रमित भेन्टिलेटर नपाएर मृत्यु हुने सम्भावना बढेको छ । प्रतिष्ठानमा भेन्टिलेटरको आवश्यकता छ । तर श्रोत साधानको अभाव छ ।’ प्रदेश सरकारको सहयोगमा प्रतिष्ठानमा १० वटा भेन्टिलेटर राखिए पनि ६ वटाले जडान गदैं काम नदिएर ठेकेदार कम्पनिलाई बनाउन फिर्ता गरिएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले पछिल्लो समय लक्षणसहितका संक्रमित र कोरोनाबाट हुने मृत्युदर बढेको बताउदैं त्यसका लागि आवश्यक व्यवस्थापन गर्न प्रदेश सरकार जुटिरहेको बताउछन् । स्विट्जरल्यान्ड दूतावाससँग कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक उपकरणलगायत सामग्री दिने सहमति गरिएको उनले बताए । केहीदिनमा १० वटा आईसीयू सेट आइपुग्ने उनको भनाई छ । नीजि अस्पतालहरुलाई पनि कोरोना संक्रमितका लागि आइसोलेसनसँगै आईसीयू र भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन जारी गरिएको उनको भनाई छ । विहिबार धरानस्थित प्रतिष्ठान पुगेर कोभिड अस्पताल व्यवस्थित गर्न निर्देशनसमेत दिएका छन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा ८ वटा आईसीयू र ५ वटा भेन्टिलेटर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा १५ वटा आईसीयू र १० वटा भेन्टिलेटर, झापाको मेची अस्पतालमा १० वटा आईसीयू र २ वटा भेन्टिलेटर रहेका छन् । यस्तै, निजीतर्फ विराटनगरस्थित नोबेल अस्पतालमा दशवटा आईसीयू र तीनवटा भेन्टिलेटर, विराट मेडिकलमा ८ वटा आईसीयू र दशवटा भेन्टिलेटर तथा न्युरोमा ८ वटा आईसीयू र २ वटा भेन्टिलेटर छन् । प्रदेशमा कुल ४६ वटा आईसीयू र ३२ वटा भेन्टिलेटरको व्यवस्था भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बिपी प्रतिष्ठानमा रहेको १० वटा मध्य छ वटा भेन्टिलेटर काममा आएका छैनन् ।
प्रदेश १ मा मा ३३ ठाउँमा गरी १ हजार ५ सय ३१ आइसोलेसन वार्ड स्थापना गरिएको छ । तर शुक्रबारसम्म बारसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ८६ छ । शुक्रबार बेलुकासम्मको तथ्याङ्क अनुसार १ लाख ४३ हजार ९३३ जनाको पीसीआर परीक्षण गर्दा संक्रमितको संख्या १२ हजार ७०२ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ हजार ५६१ पुगेको छ ।

bp