धरान  / पछिल्लो २४ घन्टामा देशभर थप तीन हजार सात सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १९ संक्रमितको निधन भएको छ ।

यो अवधिमा १६ हजार पाँच सय ९८ जनाको पिसिआर विधिबाट नमुना परीक्षण गरिएमा तनि हजार ७मा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर हालसम्म संक्रमित हुनेको संख्या एक लाख २१ हजार सात सय ४५ पुगेको छ । आज तीन हजार पाँच सय ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म ८४ हजार पाँच सय १८ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले संक्रमित निको हुने दर ६९.४ प्रतिशत रहेको बताए । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार पाँच सय ३३ पुगेको मन्त्रालयले जनाएको छ ।