धरान / धरानस्थित बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानले संचालन गरेको कोभिड–१९ अस्पतालका भेन्टिलेटरहरु ३ महिना पनि नपुग्दै बिग्रिएर उपचारमा आएका संक्रमितहरुलाई समस्या परेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।
संघीय र प्रदेश सरकारको करिव साढे १२ करोड बजेटबाट तयार गरेको कोभिड अस्पतालमा जडान गरिएका १० वटा भेन्टिलेटर मध्य ६ वटाले काम नगरेर थन्किाइए पछि संक्रमित भेन्टिलेटर नपाएर ज्यान गएको समाचार बाहिर आएको थियो ।
कोरोना महामारीको मौकामा कोभिड अस्पतालको औषधी, मेशिन तथा उपकरणहरु खरिदमा व्यापारीसँगको मिलेमतोमा उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीका सल्लाहाकार भनिएका स्वकिय सचिव दिलिप भट्टराईको संलग्नतामा खरिद प्रक्रिया विपरित कमसल सामान खरिद गरेको आरोप लाग्दैं आएको छ ।
कोभिड अस्पताल संचालन भएपछि बिरामीको उपचारलाई प्रभावकारी नबनाएको र उपचारमा संलग्न चिकित्सक नर्स र कर्मचारीलाई आवश्यक स्वास्थ्य सामग्री र खानपिनको उचित व्यवस्था समेत नगरेको भन्दै प्रतिष्ठान व्यवस्थापनविरुद्ध चिकित्सकले यस अघि आन्दोलन नै गरेका थिए । प्रतिष्ठानमै उपचाररत धरानका एक जनप्रतिनिधिले कोभिड अस्पतालको सेवा सन्तोषजनक नभएको गुनासो समेत गरेका छन् । धरान–८ का ५२ बर्षीय एक जना विमारी भेन्टिलेटर अभावमा एक साता अघि मृत्यु नै भएको थियो ।
कोभिड अस्पतालमा आर्थिक अनियमिता भएका र नयाँ खरिद गरिएका भेन्टिलेटर तीन महिना नपुग्दै बिग्रिएर काम नलाग्ने भएको गुनासो बाहिर आएका पछि स्थलगत निरीक्षण गरी छानविन अगाडि बढाइएको अख्तियार अनुसन्धान आयोग इटहरीले जनाएको छ । खरिद प्रक्रिया, सामानको विवरणलगायतका कागजातहरु मागिएको अख्तियारले जनाएको छ ।
यस अघि प्रतिष्ठानलाई करोडौ नोक्सान पु¥याएको ठहर भई अख्तियारले विहेष अदालतमा मुद्वा दायर गरिएका व्यक्ति चेतन अग्रवालसँग साँठगाठ गरि उपकुलपति ज्ञानेन्द्र गिरीले कमसल उपकरण खरिद गरेको खुलासा भएपछि अख्तियारको टोलीले स्थलगत छानविन थालेको हो ।
कोभिड अस्पतालको छानबिन तथा आवश्यक जानकारी लिन सोमबार इटहरीस्थित अख्तियार कार्यालयबाट ४ जना अधिकारीहरु प्रतिष्ठान आएर कोभिड अस्पताल र भेन्टिलेटरको खरिदबारे आवश्यक जानकारी लिएको अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले जानकारी दिए । उनीहरुले रेक्टर प्राडा गुरुप्रसाद खनाललाईसमेत भेटेका थिए । अनुसन्धान अधिकृत बाबुनन्द मेहतासहितका अनुसन्धान अधिकृतहरु आएर विस्त्रित बुझेर गएको बताइएको छ ।
कोभिड अस्पतालमा आवश्यक औषधि उपकरण खरिद गर्दा प्रतिष्ठानका रजिष्ट्रार र निर्देशकको सिरफारिसका आधारमा मात्र उपकुलपतिले स्वीकृत गरी टेन्डर गरी खरिद गर्नुपर्ने प्रावधान छ । तर उपकुलपति गिरीका सचिवालयमा काम गर्ने दिलिप भट्टराईले आफु खुशी सामान गरिद गरिएको प्रतिष्ठान श्रोतले जनाएको छ । भट्टराई कै अनावश्यक दवावका कारण कोभिड अस्पताल इञ्चार्ज प्राडा कृष्णा पोखरेल र प्रवक्ता डा. निदेश सापकोटाले राजीनामासमेत दिएका थिए । उनीहरुले व्यक्तिगत कारणले भने पनि औषधी खरिदलगायतका विषयमा दवाव दिएका कारण राजीनामा दिएको श्रोतले बताएको छ ।
प्रतिष्ठानको खरिद शाखा प्रमुख विष्णु चापागाईलाई औषधि उपकरण खरिदमा असहयोग गरेको भन्दै गिरीले उनलाई कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकै बेला अन्य शाखामा सरुवा गरेका थिए । यस्तै असहयोग गरेको भन्दैं मेन्ट्रोन उपेन्द्र यादवलाई हटाएर उनी भन्दा जुनियर गायन्त्री राईलाई मेट्रोनको जिम्मेवारी दिइएको थियो । सिमिल इन्जिनियरिङ शाखा प्रमुख इन्जिनियर मदकुमार साहलाई हटाएर ओभरसियर विकास बस्याललाई प्रमुख बनाएका थिए । साहलेअदालतबाट स्टे अर्डर लिएर आएका छन् ।
उपकुलपति गिरीले प्रतिष्ठानका रजिष्ट्रार मोहनचन्द्र रेग्मी र निर्देशक गौरीशंकर साहको समेत अधिकार खोसेको प्रतिष्ठानका एक कर्मचारीले जानकारी दिए । प्रतिष्ठानको नियमावलीले दिएको अधिकार नै उपकुलपति गिरीले खोसेर अवैध ध्नदा चलाउदैं आएको उनले बताए । उनको धन्दामा पूर्व उपकुलपति प्राडा बलभद्र दास(विपी)को सहयोग रहेको बताइएको छ । उनको सेटिङमा गिरीले काम गर्ने गरेको श्रोतले बतायो । दासलाई विशेष अदालतमा ८ करोडको अकुत सम्पति आर्जन र ४ करोड भन्दाबढि उनी उपकुलपति हुदा भ्रष्टाचार गरेको मुद्वा विचाराधिन छ ।
उपकुलपति गिरी नियमित कार्यालयमा नबसेकै कारण चिकित्सक, नर्स र कर्मचारीको बढुवा प्रक्रिया समेत रोकिएको छ । वृद्धि भएको तलब समेत नपाएर फ्याकल्टी चिकित्सकहरु आन्दोलनमा छन् । यस्तै ज्वालादारी कर्मचारीहरु प्नि एक सातादेखि आन्दोलनमा छन् । यता प्रतिष्ठान अस्तव्यस्थ भएका बेला उपकुलपति भने स्वकिय सचिवको साथमा काठमाडौं गएर बसेका छन् । यस विषयमा कुरागर्न सम्र्पक गर्दा उनले फोन उठाएनन् ।
सबैको ध्यान कोभिडको महामारी रोकथाम र नियन्त्रणमा केन्द्रीत भएको बेला प्रतिष्ठानको उपकुलपित र उनको सचिवालयका कर्मचारीहरु भने कमाउ भन्दामा लागेको आरोप लाग्दैं आएको छ । धरानका एक ग्रिल व्यवसायीले उपकुलपतिका स्वकिय सचिव भट्टराईले खाली बिल मागेर लगेको र ४ गुणा बढी रकम प्रतिष्ठानमा पेश गरेर अनियमितता गरेको आरोप लगाउदैं पत्रकार सम्मेलनसमेत गरेका थिए ।