धरान / भोजपुर जिल्लालाई तराईसँग जोड्ने उदयपुरर भोजपुरको विचमा रहेको चुहारमा बन्ने पुलको सोमबार शिलान्यास भएको छ ।
प्रदेश सरकारको लगानीमा बन्न लागेको पुलको शिलान्यास प्रदेश नम्बर १ का मुख्यमत्री शेरधन राईले गेका छन् ।
उक्त पुल भोजपुर जिल्लाको हतुवागढी गाउपालिका वडा ९ स्थित चुहारमा लाग्ने छ। उदयपुर जिल्लाको बेलका नगरपालिका अन्तर्गत पर्ने मैनामैनी हुँदै तराईलाई जोड्ने पुलले भोजपुरको आर्थिक, सामाजिक, पर्यटन बिकास एबम समग्र बिकासमा टेवा पुग्ने विश्वास गरिएको छ।
कालिका कन्स्ट्रक्सनले पुल निर्माण कार्य अबको दुई बर्ष भित्रमा सम्पन्न भईसक्ने जानकारी दिएको छ । शिलान्यास समारोहमा हतुवागढी गाउपालिका प्रमुख प्रेम कुमार राई, आमोचोक गाउँपालिका अध्यक्ष अशोक राई,कालिका र प्यासिफिक जेभिका ठाकुरप्रसाद कडेल, पूर्बाधार विकास कार्यलय भोजपुरका ।प्रमुख राजनराज रेड्डी, पूर्वाधार विकास कार्यलय उदयपुरका जितेन्द्रकुमार कर्णलगायतको उपस्थिति रहेको थियो । उदयपुर र भोजपुरका माननीयहरुको्समेत उपस्थिति रहेको थियो ।
खासगरी भोजपुरबासीको वर्षौदेखिको एउटा सपनाले सार्थक रुप लिन लागेको बताइएको छ । प्रदेश सरकारको विशेष महत्व रहेको यो पुल ठूला नदीमा प्रदेश सरकारले बनाउन थालेको यो नै पहिलो पुल समेत हो । यो पुल निर्माणसँगै भोजपुरको पूर्वी तराईसँग सिधा सम्पर्क हुने छ ।


![एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित] एमाले अध्यक्षमा ओली विजयी [पदाधिकारीहरुकाे मत परिणामसहित]](https://bijaypurkhabar.com/uploads/2025/12/oli-team-560x400.jpg)

















