धरान / धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको उपमहानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।
करिब ७० बर्षका वृद्धको सोमबार बिहान घरमा नै मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । ती वृद्धले बेलायत जानका लागि एक साताअघि वीपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
छोरोको मृत्युसंस्कारमाभाग लिन बेलायतबाट आएका उनको रिर्पोट पोजेटिभ आए पछि होम आइसोलेसनमा बसेका थिए । उनी घरमा नै होम आइसोलेसनमा बसेका थिए । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा पनि भीड भएका कारण उनलाई घर मै राखिएको थियो । सेनाको टोलीले प्रोटोकल अनुसार शव व्यवस्थापन भइरहेको मेहताले बताउनु भयो । सोमबार धरानमा एक पत्रकारसहित ८२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसै गरी विराटनगरस्थित नोबेल मेडिकल कलेजमा सुनसरीको बराहक्षेत्र नगरपालिका ५ का ३७ वर्षका एक पुरुषको उपचाको क्रममा सोमबार बिहान करिब ७ बजे तिर मृत्यु भएको अस्पतालका व्यवस्थापक नारायण दाहालले जानकारी दिएका छन् ।
शनिवार धरानस्थित बिपि प्रतिष्ठानमा ती पुरुषको स्वाब परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । मृतकका पारिवारिक श्रोतले दिएको जानकारी अनुसार उनी मिर्गौला सम्बन्धीको रोगबाट ग्रसित थिए । धरानको कोभिड अस्पतालमा भेन्टिलेट रअभाव भएपछि उनलाई विराटनगर लगिएको थियो ।

उनलाई आइतबार साँझ नोबेल अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
यता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारर्थ एक वृद्धको निधन भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ बर्षीय पुरुषको आइतबार राती ११ बजे निधन भएको हो ।

उच्च रक्तचापका विमारीसमेत रहेका ती वृद्धलाई असोज २३ गते कोभिड अस्पताल भर्ना गरिएको उहाँले बताउनु भयो । शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संंख्या ५० पुगेको छ । आइतबार विहान दुई जनाको मृत्यु भएको थियो ।