धरान / धरानमा कोरोनासंक्रमितको संक्रमण बढ्दैं गएको छ । दिनहुँ कोरोना संक्रमितहरुको संख्या बढीरहे पनि धरानमा तत्काल लकडाउन भने नगर्ने निर्णय भएको छ ।
बुधबार दिउँसो उपमहानगरपाकिलामा भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धरानमा तत्काल लकडाउन नगर्ने निष्कर्ष निकालेको छ ।
बैठकले नगरबासीहरुलाई स्वास्थ्य प्रोटोकल पालना गर्न आह्वान भने गर्ने निर्णय गरेको बैठकमा सहभागी नेकपा धरानका उपमहानगर अध्यक्ष नारायणसुवेदीले जानकारी दिए ।
बैठकले स्वास्थ्य प्रोटोकल पालना गर्न सम्पूर्ण नगरबासी, व्यवसायी, कर्मचारी सबैलाई सार्वजनिक आह्वान गर्ने निर्णय भएको उनले बताए ।

राजनीतिक दलका प्रतिनिधि, पूर्ण जनप्रतिनिधि, बुद्धिजिवि, वीपी प्रतिष्ठानका चिकित्सककोसहभागीतामा भएकोबैठकले नगरमाजनचेतनाजगाउने निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेकपाका अध्यक्ष नारायण सुवेदीले पनि स्वास्थ्य प्रोटोकल पालना गर्न नगरबासीहरुलाई अनुरोध गर्ने, प्रचार गर्ने निष्कर्ष निकालिएको बताए । उनका अनुसार बैठकमा सहभागीहरुले लकडाउन गर्नुपर्ने सुझाव पनि दिएका थिए, तर त्यो सुझाव दिने संख्या कम भएको थियो ।

‘मास्क नलगाई हिड्नेलाई सचेत गराउने, मास्क प्रयोग गर्न लगाउन अनुगमन तीब्र पार्ने, पसलमा सेनिटाइज गर्ने प्रोटोकललाई पूर्णरुपमा लागु गराउने भन्ने छलफलमा भएको सुवेदीलेबताए । ‘स्वास्थ्य प्रोटोकल पालना भए नभएको प्रभावकारी अनुगमन गर्ने र त्यसमा जनपद, सशस्त्र र नगर प्रहरीलाई परिचालन गर्ने कुरा भएको छ ।’– उनले भने ।
धरानमा कुल संक्रमितको संख्या ७९८ पुगेको छ । हालसम्म १० जनाको ज्यान गएको छ ।