धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारत अक ५५ बर्षीय संक्रमित पुरुषको आज एकाविहान निधन भएको छ ।
धरान उपमहानगरपालिका–१५ का ५५ बर्षीय पुरुषको विहान ६ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिस श्रेष्ठलेजानकारी दिए । मृगौला र हाइपरटेन्सनको समस्याभएका उनलाई कोरोना अस्पतालमा गत असोज १६ गते भर्ना गरिएको थियो । उनलाई सोही दिन स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ भएको सहप्रवक्ता श्रेष्ठले जानकारी दिए ।
योसँगै धरानमा कोरोनाले मृत्यु हुनेको संख्या ९ पुगेको छ । धरान १५ का मात्र ४ जनाको ज्यान गएको छ । प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या भने ४० पुगेको प्रतिष्ठानले जनाएको छ ।
यता धरान १८ का १५ जनासहित धरानमा ३५ जनामा कोरोना संक्रमण देखिएको छ । प्रतिष्ठानको हेल्प डेक्समार्फत गरिएकोस्वाब परीक्षणमा ३५ जनालाई संक्रमण पुष्टि भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिएका छन् ।