धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक २८ बर्षीया संक्रमित युवतीको मृत्यु भएको छ ।
सुनसरीको इनरुवा नगरपालिका – ४ की युवतीको प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा शनिवार विहान मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डा. आशिस श्रेष्ठले जनाएका छन् ।

उनलाई असोज ८ गते संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
कुनै दीर्घ रोग नभएकी ती युवतीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । योसँगै प्रतिष्ठानमा हालसम्म मृत्यु संख्या ३९ पुगेको छ ।