धरान / धरानस्थितबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले आन्दोलन थालेका छन् । उपकुलपति प्राडा ज्ञानेन्द्र गिरी व्यापारीहरुको सेटिङमा कमाउ धन्दामा लागेर चिकित्सकहरुका सामान्य मागसमेत बेवास्ता गरे पछि चिकित्सक तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजको नेतृत्वमा आन्दोलन थालिएको हो ।

आफ्ना मागहरु पटक पटक पेश गरे पनि उपकुलपतिले बेवास्ता गरेको भन्दैं समाजले विहीबारदेखि आन्दोलन शुरु गरेको छ । पहिलो दिन बिहिबार बिहान उपकुलपति कार्यालय अघि फ्याकल्टीहरु भेला भएर केही समय शान्तिपुर्ण प्रर्दशन गरे । शुक्रबार पनि उपकुलपतिको कार्यालय अगाडी प्रर्दशन गरिने कार्यक्रम रहेको छ ।

सिनेट बैठकबाट कर्मचारीको तलव वृद्धि र आन्तरिक बढुवाका लागि निर्णय गरेको थियो । तर निर्णय भएको महिनौ वितिसक्दा पनि उपकुलपतिले निर्णय कार्यन्वयन नगराएको समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताए । ‘तलब वृद्धिको निर्णय भए पनि बढेको तलब पाएको छैन भने बढुवा प्रक्रिया करिब अढाई बर्षदेखि अवरुद्ध भएको छ ।’–उनले भने । शुक्रबार प्रतिकात्मक मौनधारण कार्यक्रम रहेको अध्यक्ष पोखरेलले बताएका छन् ।
यस अघि पनि समाजले आफ्ना माग राखेर पुरा गर्ने प्रतिवद्धता उपकुलपतिले जनाएको भए पनि कर्मचारी चिकित्सहरुको मागलाई छाडेर कमिसन आउने ठेक्कापट्टामा अल्झिएको बताइएको छ । उपकुलपतिले राम्रोकाम गर्नेलाई पुस्कृत गर्ने भन्दा पनि व्यापारीको सेटिङमा आफु अनुकुलका कर्मचारी नियुक्ति र सरुवाको खेलमा लागेको प्रतिष्ठानका एक कर्मचारीले बताए ।

यस अघि जुनियर चिकित्सकहरुलाई पनि कोभिडअस्पतालमा गुणस्तरहिन खाना दिएकोभन्दैं आन्दोलन गदैं आएका थिए । यस्तै नर्सहरुलाई प्रयाप्त ग्लोव,माक्सलगायतका सुरक्षा सामाग्री नदिएकोभन्दैंआन्दोलन गरेका थिए । उनीहरुको पनि सामान्य मागलाईसमेत प्रतिष्ठान प्रशासनले पुरा गर्न सकेको छैन् ।