फत्तेपुर  / सप्तकोसी नगरपालिकाको पाँचौ नगरसभा सम्पन्न भएको छ। सभामा आ ब २०७७र७८ को वार्षिक बजेट ४६ करोड ८१ लाख ६७ हजार ४ सय ७० रुपैया बराबरको बजेट प्रस्तुत गरिएको थियो।

मंगलबारभएको नगरसभाको उदघाटन कार्यक्रमका प्रमुख अतिथि प्रदेश न २ का प्रदेश सदस्य तथा नेकपा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पानसमा बत्ती बालेर गरे ।

प्रमुख अतिथी मण्डलले देशमा ब्यबस्था फेरिए पनि मानिसको सोचमा परिवर्तन नभएको बताए । नयाँ प्रणालीमा देश गए पनि त्यो अनुसार जनताको चाहना पनि फेरिनु पर्नेमा उनले जोड दिए।
कार्यक्रम विशिष्ट अतिथी जेष्ट नागरिक मुरारी कार्कीले सबै जनप्रतिनिधि हरुले आफुले बनाएका योजना अक्षरस पूरा गर्न आग्रह गरे ।
त्यस्तै अर्का विशिष्ट अतिथी नेपाल किसान संघ का केन्द्रिय सदस्य पुष्प बस्नेतले नगरले स्थानीय स्तरमा सन्चालन भएका उद्योग स१चालनमा टेवा पुर्याउने , किसानको समस्यालाई सम्बोधन गरि हाम्रै वरिपरि भएका जडिबुटीलाई संकलन गरि आय आर्जनका कामलार्इ अगि बढाउन नगरपालिकालाई सुझाव दिए । ।कार्यक्रममा नेकपा जिल्ला कमिटी सद्स्य सन्तोष खतिवडाले लामो जन्युद्व र जनताको बलिदानीबाट आएको गणतन्त्र अहिले शिशु अवस्थामा रहेकोले यसलाई सबै मिलि हुर्काउनु पर्ने बताए ।

कार्यक्रममा वडा अध्यक्ष नारायण आचार्य ,वडा सद्स्य कालुराम बिष्ट,जिल्ल वन महासङका अध्यक्ष अशोक चौधरी ,लैगिक हिंसा समुह नगर अध्यक्ष गिता पौडेल,ब्यापार संघ फत्तेपुरका अध्यक्ष सुदास राई र त्रियुगा सहकारीका अध्यक्ष शम्भु खडका लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए।
कार्यक्रम मा नगरपालिका का निमित्त प्रमुख प्रसाशकिय अधिकृत रामदेब चौधरी ,उप मेयर आशा चौधरी , विभिन्न पार्टीका प्रतिनिधि , संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको थियो।
सभा नगर प्रमुख उत्तम कुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य लिला थापा मगरले स्वागत मन्तब्य राखेकी थिइन । कार्यक्रमको सन्चालन वडा न ४ कि वडा सदस्य सर्मिला खडकाले गरेकी थिइन।