धरान / धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका एक संक्रमितको मृत्यु भएको छ ।  आइतबार १०.४५ मा उपचारको क्रममा झापा कन्काई नगरपालिका –३ की ४५ बर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनी एक सातादेखि कब्जियत, ज्वरो,श्वासप्रश्वासमा समस्याका कारण मेची अस्पतालमा भर्ना भएकी थिइन । समस्या झन झन बढ्दैं गए पछि गत भदौं १८ गते प्रतिष्ठानमा रेफर भएर आएकी थिइन । सोही दिन गरिएको स्वाब परीक्षणमा पोजेटिभ आए पछि उनलाई कोभिड–१९ अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । मधुमेहकोसमेत विमारी रहेकी उनको आइतबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

गत शुक्रबार विराटनगर महानगरपालिका ११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको थियो । उनी पनि दीर्घरोगी भएको प्रतिष्ठानले जनाएको छ ।