धरान / धरान २० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहलाई साँखुको काँचो रुख काटिएको विषयमा सब डिभिजन वन कार्यालयले तीनदिन भित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ ।
डिभिजन प्रमुुख एवं सहायक वन अधिकृत राजेन्द्रप्रसाद यादवले पत्र पठाउँदै विभिन्न ४ वटा प्रश्नको लिखित जवाफ पेस गर्न भनिएको छ । वनले बुधबार पत्र पठाएर थप स्पष्टताको लागि केही प्रश्नहरुको जवाफ मागिएको सहायक वन अधिकृत यादवले बताएका छन् ।

वनले कस्को आदेशमा, कुन प्रयोजनको लागि, के कति कारणले काटिएको हो र समुहको संलग्नता के छ भनेर प्रश्न गरेको छ । समुहको स्वीकृत विधान कार्ययोजना र वन ऐन अनुसार उक्त काम भएको हो या होइन भनेर प्रश्न गरेको छ । यस्तै वनको पत्रमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा समुहका कोषाध्यक्ष भीमबहादु र बस्नेतको रोहवरमा रुख काटेको हो वा होइन भन्ने प्रश्न गर्दै समितिलाई जानकारी भए, नभएको पनि जवाफ माग गरेको छ ।
वन कार्यालयले रुख कटान भएको घटना पहिला मिडियामा आउनु तर सम्बन्धित निकायमा समयमा नै जानकारी नआउनुको कारण समेत सोधेको छ ।

रुख काटिएको भोली पल्ट आइतबार समुहका अध्यक्ष वुद्धमान तामाङले मेयर राई र कोषाध्यष्क्षको संलग्नता भएको पत्र वनलाई दिए पनि समुहको संस्थागत पत्र नआएकोले पुन पत्र काटेर जवाफ मागेको सहायक वन अधिकृत यादवले जानकारी दिएका छन् ।

घट्ना मिलाउन दवाव
वन उपभोक्ता समुहका अध्यक्ष बुद्धिमान तामाङले तस्करले रुख काटेको भनेर भन्न दबाब आएको बताएका छन् । मेयर राईका निटक व्यक्तिहरुले मिलाउन चर्को दवाव दिएको अध्यक्ष तामाङको भनाई छ । ‘मेयरको संलगनतामा रुख काटिएको छ कसरी तस्कारले काटेको भन्न सकिन्छ । सत्य कुरा मैले मिडियामा सार्वजनिक गरिसकेको छु । मेरो बोली फेरिदैंन् ।–यस्ता अपराधमा कसैलाई जोगाउन सकिदैंन । जस्ले दवाव दिए पनि यर्थाथ कुरा बाहिरी सकेको छ ।’–अध्यक्ष तामाङले भने ।

शविबार रुख काटिसके पछि मेयर राईले गल्ती भएको भन्दैं स्वीकार गरे पनि मिलाउने विषयमा कुनै प्रस्ताव नराखेको उनको भनाई छ । शुक्रबार कार्यसमितिको बैठक बसेर वनले लेखेको पत्रको जवाफ पेस गर्ने अध्यक्ष तामाङले बताए । जे यथार्थ हो त्यही निर्णय भएर शुक्रबार वनलाई जानकारी पत्र पठाउने उनले बताए ।
विहीबार मेयर राईलाई जोगाउन एक समुह उपाध्यक्षको अध्यक्षतामा बैठक विरोध भए पछि बैठक नबसेको एक सदस्यले बताए ।

गत शनिवार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा उपमेयर मञ्जु भण्डारीलाई पठाएर जरुरी काम परेको भन्दैं शनिबार सालको रुख काट्न विष्णुपादुका पुगेका मेयर राइको निर्देशनमा रुखकाटिएको भन्ने कुरा बाहिरीए पछि विवादमा तानिएका छन् । वन समुहका कोषाध्यक्ष भीबहादुर बस्नेतको उपस्थितिमा मेयरको निर्देशनमा रुख काटिएको भन्दै समुहका अध्यक्षले वन कार्यालयमा निवेदन नै दिएका थिए । यता मेयर राईले भने आफुले निर्देशन नदिएको, वन क्षेत्रमा नै नगएको र चरित्र हत्याको प्रयास भएको भन्दैं धरान उपमहानगरको लेटर हेडमा विज्ञप्ती जारी गरेका थिए । सो विज्ञप्ति बाहिरीए लगतै उनले घर बनाउन काठ माग गर्दै निवेदन दिएको, ढलापढा खोज्न कोषाध्यक्षसँगै वनमा गएकोलगायत कुराकानी भइरहेको अडियो रेकर्ड सार्वजनिक भएको थियो ।

मेयर माथि प्रश्न उठ्ने भए पछि कार्यपालिका बैठक बसेन !
भदौं १७ पछि के गर्ने लकडाउन खुकुलो पार्नेकी वा कडा बनाउन भन्ने विषयमा १७ गते नै कार्यपालिका बैठक बसेर निर्णय गर्नु पर्ने भए पनि मेयरको रुख कटान विवाद कार्यपालिकामा उठने भए पछि लकडाउनको विषयमा निर्णय गर्न बैठक नै मेयरले नराखेको धरान–१५ का वडा अध्यक्ष इवारमकोभनाई छ । ‘३ पटक ७/७ दिनको लकडाउन गरेको सूचना नगरवासीलाई दियौं । १७ गते सकिए पछि सकिएको र खुलेको वा नखुलेको भन्ने उपमहानगरका जनतालाई सूचना दिएन् । हामी वडाअध्यक्षहरुलाई त नगर सरकार नै नभएको अनुभूति भइरहेको छ ।’ – वडाध्यक्ष इवारमले भने ।

यता उपमेयर मञ्जु भण्डारीले जिल्ला प्रशासन कार्यालयले शनिवार नै बैठक बसेर जिल्ला भरी लकडाउन खुकुलो बनाउने निर्णय गरेकाले त्यसैलाई सदर गरिएकाे बताइन । यद्यपी नगरवासीलाई जानकारी गराउनु पर्ने हो तर मेयरको व्यस्थताले होला बैठक बस्न नसकेको उनी बताउछिन् ।