भोजपुर /  भोजपुर नगरपालिका २ हेलौछाका वीरबहादुर तामाङ ९४ बर्षसम्म अनागरिक भएर बाँचे । उनी बल्ल ९५ बर्षको उमेरमा नेपाली नागरिकको प्रमाण पत्र पाएका छन् । तामाङलाई जिल्ला प्रशासन कार्यालय भोजपुरले बुधवार नागरिकता दिए पछि खुशीको सिमा रहेन ।

नागरिकता वितरण गर्दै प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले तामाङले अब राज्यले दिने सेवा सुविधा पाउने बताए । उमेर हुँदा दैनिक ज्यालादारीमा काम गर्दै आएका तामाङ अहिले अशक्त भए पछि घरमै थलिएको तामाङका नाती पुर्ण बहादुर तामाङले जानकारी दिए । नागरिता पाए पछि राज्यले दिने सामाजिक सुरक्षा भतmा पाउने भन्दै तामाङ खुसी भएका छन् । उनको नागरिकता भएको भए ७० बर्षका उमेरदेखि जेष्ठनागरिक भत्ता पाउथे । तर नागरिकताको अभावले उनले २४बषैसम्म राज्यको सुविधा लिन पाएनन् ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता नपाएका बृद्ध बृद्धालाई खोजी खोजी नागरिकता प्रदान गर्दै आएको प्रजिअ पुरीले बताएका छन् । प्रजिअ पुरीका अनुसार तामाङ हित अहिलेसम्म अरुण गाउपालिकाका लाटा सार्की , रामप्रसादराई गाउँपालिकाकी हिरा राई र भोजपुर नगरपालिका १२ की बैशाखी कपाली गरि चार जनाालाई नागरिकता प्रदान गरिएको छ । यि बुढेसकालमा नागरिकतापाउने भाग्यमानी बनेका छन् ।