इटहरी उपमहानगरपालिकामा कार्यरत एक इन्जिनियरलाई काेराेना संक्रमण देखिएकाे छ । 

उपमाहानगरमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधिहरूकाे पिसिआर परिक्षण गर्ने क्रममा इटहरी ६ मा उक्त इन्जिनियरमा काेराेना संक्रमण देखिएकाे उपमहानगरपालिकाकी उप प्रमुख लक्ष्मी गाैतमले ब्लाष्टखबरलाई जानकारी दिएकी छिन् । उनले भनिन् ' जनप्रतिनिधि र कर्मचारीकाे पनि पिसिआर टेस्ट गरिनु पर्छ भनेर हमीले पहिलाे लटमा ५ जना र दस्राे लटमा ५ जनाकाे पिसिआर टेस्ट गराएका थियाै । दस्राे लटकाे टेस्ट गर्दा वहामा संक्रमण देखियाे । ' 

उनले संक्रमित इन्जिनियरकाे कुनै पनि ट्राभल हिस्ट्रि नभएकाे बताउदै समुदाय स्तरबाटै काेराेना संक्रमण भएकाे हुन सक्ने बताएकी छिन् ।  गाैतमले इन्जिनियरमा संक्रमण देखिएसंगै उनकाे कन्ट्याक ट्रेसिङ भइरहकाे बताएकी छिन् । ' कार्यलय भित्र उनिसंग सम्पर्कमा आएका हरकाे पहिचान गर्ने काम भइरहेकाे छ । अहिले उपमहानगरपालिकाकाे आकस्मिक बैडक बसिरहेकाे छ । कन्ट्रयाक ट्रेसिङ पछि पिसिआर टेस्टकाे रिपाेर्ट नआएसम्म सम्पूर्ण शाखा बन्द गर्नुपर्ने हुन्छ । नगरकाे सुरक्षा र सचेतनाका कार्यक्रमहर गर्नुपर्ने देखीन्छ । बैठक जारी छ । '