धरान / धरानलाई १ नं. प्रदेशको राजधानी  बनाउन धरानवासीले प्रधानमन्त्री समक्ष माग गरेका छन् । धरान उपमहानगरपालिको उपप्रमुख मञ्जु भण्डारीको नेतृत्व आएको सर्वदलिय सर्वपक्षिय प्रतिनिधी मण्डलले आज प्रधानमन्त्री शेर वहादुर देउवालई प्रधानमन्त्री निवास वालुटारमा भेटी ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझदै प्रधानमन्त्री देउवाले यस विषयमा सर्वदलिय सहमती खोज्न आफुले बैठक आवहान गरेको  वताएका थिए । करिब २० मिनेट भएको छलफलमा धरानको  भौतिक पुर्वाधार, पर्यावरण, एतिहासिकता, पहिचान, प्रदेशवासी नागरिकको सहज आवगमन  र तत्काल कार्यालयहरु संचालनको लागी सुविधा सम्पन्न सुरिक्षित भवनहरु रहेको विषयमा धरानलाई बनाउनु पर्ने आधारहरु आफुहरुले प्र्रस्तुत गरेको  उपप्रमुख भण्डारीले बताईन । नगर उप्रमुख मञ्जु भण्डारी सुवेदी नेतृत्वको प्रतिनीधी मण्डलले वुधबारै अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलार्ई समेत भेटी ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझ्दै अर्थ मन्त्री कार्कीले १ नं. प्रदेशको राजधानीको धरान बनाउ अभियानप्रति आफ्नो एकयवद्धता रहेको बताउदै प्रदेश राजधानीको लागी सुनसरी नै उपयुक्त रहेको समेत बताएको प्रतिनीधी मण्डलका सदस्य किशोर राईले जानकारी दिए । स्रोतको अनुसार   मन्त्री कार्की सुनसरीवाटै निर्वाचित प्रतिनीधी भएको कारणले पनि सुनसरीवासीको मागप्रति सकरात्मक रहेको र सुनसरीलाई नै अस्थायी प्रदेश राजधानी तोक्नु पर्ने पक्षमा रहेका छन् ।

विराटननगर तोकिएको भन्ने निराधार हल्ला
आजै प्रशासन पुनसंरचना समितीको पदाधिकारीहरुसंग समेत प्रतिनीधी मण्डलले भेट गरी छलफल गरेको छ । भेटमा धरानलाई १ नं. प्रदेशको राजधानी बनाउन किन उपयुक्त छ भन्ने विषयमा आफुहरुले आधारहरु प्रस्तुत गरेको प्रतिनीधि मण्डलका सदस्य नारायण सुवेदीले बताए । समितीको तर्फवाट प्रष्ट रुपमा प्रदेशीक राजधानी लागी उपयुक्त पूर्वाधार रहेको धरानलगायत शहरहरु सिफारिस गरिएको र यो विषय राजनैतिक निर्णयको आधारमा तोकीने भएकोले आफुहरुले कुनै ठाँउ विषेश लाई सिफारिस नगरिएको र सवै ठाँउको उपयुक्त पुर्वाधारको अध्यायन गरि  यर्थात प्रतिवेदन समितीको तर्फवाट सरकारलाई पेश गरिएको जानकारी भएको प्रतिनिधी मण्डलका सदस्य चोत्लुङले वताए ।


धरानवाट मंगवार काठमाण्डौ आईपुगेको प्रतिनीधी मण्डलमा नागरिक समाजका अगुवा तथा एन्फा उपाध्यक्ष किशोर राई,  नेपाली कांग्रेस नगर सचिव श्याम पोखरेल, नेकपा(एमाले) नगर अध्यक्ष नाराण सुवेदी, माओवादी केन्द्रका नगर संयोजक चोत्लुङ, संघिय समाजवादी फोरम नेपालका जिल्ला उपाध्यक्ष ताजुव लिम्बु, धरानलाई राजधानी बानाउने स्वतन्त्र अभियान समितीका संयोजक अईन्द्र विक्रम वेघा,नेपाली कांगे्रसका नेता चन्द्र प्रसाद श्रेष्ठ, नेवि संघ महामन्त्री सरोज थापा, धरान सरोकार समाजका प्रतिनीधी राजेन्द्र रिमाल, हेमरान शाक्य, सन्जय खेवाङ,एमाले युवा नेता रवि खनाल,तुलसी गौतमलगायत रहेका छन् । प्रतिनीधी मण्डलले विभिन्न सरोकारवाला पक्षहरुसंग आन्तरिक लविं तिव्र पारेको छ । सरकारले विहीवार प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीको तोक्ने  र न्युनतम सहमती कायम गर्न लागी सरकारले सर्वदलीय  बैठक आवहान गरि सकेको छ ।

इटहरमिा चक्का जाम

सुनसरीको केन्द्रविन्दु इटहरीमा राजधानी हुनु पर्ने माग गर्दै बुधबार इटहरीबासीले आधा घण्टा चक्का चाम गरेका छन् । राजधानी सरोकार समाजको आयोजनामा उनीहरुले विरोध स्वरुप चक्का जाम गरेका हुन ।