मुलुकको व्यवस्था फेरियो । नयाँ संविधान बन्यो । संविधानमा जनताको अधिकार समेटिए । उत्पिडन वर्गको अधिकार पनि लेखियो तर ती अधिकार संविधानमा मात्र सिमित हुनु उपेक्षामा परेका समुदायका लागि विडम्बना हो ।
तराईको जिल्लामा बसोबास गर्ने दलित समूदाय अझै पनि छुवाछुतबाट मुक्त हुन सकेका छैनन् । सप्तरीको खडक नगरपालिका वडा नम्वर ११ बनौलीका विनय राम मूर्ति बनाउछन् । उनल ेबनाएको मूर्ति अरु मन्दिरमा स्थापना भए पछि भने उनी त्यो मन्दिर भित्र पून पाउदैंनन् । उनको श्रम र सीप चलेको छ समाजमा तर उनको जात चलेको छैन् । यस्तो पीडा तराईको दलितहरु निकै भोगि रहेका छन् ।
संविधानमा जातीय भेदभाव गर्न पाइदैंन भन्ने प्रष्ट उल्लेख छ । तर समाज भने अझै परिवर्तन हुन सकेको छैन् । यसरी दलित भएकै आधारमा जातीय भेदभाव गर्ने विरुद्ध कडा कारवाही गर्ने संस्कार बसाउनु पर्दछ । तराईमा हुने छुवाछुत विरुद्ध राज्यले पनि जनचेतनामुलक कार्यक्रम चलाउनु वाञ्छानिय हुने छ । २१ औं सताब्दीमा समेत जातीय आधारमा भेदभाव अशोभनिय हो । यस्ता घट्ना रोक्नका लागि स्थानीय तह, संघ संस्थाहरुले चेतनामुलक कार्यक्रम संचालन गरि सामाजिक भेद्भाव हटाउनु जरुरी छ ।