धरान÷ धरानका सामाजिक व्यक्तित्व डाक्टर ज्ञानबहादुर श्रेष्ठको निधन भएको छ ।
श्रेष्ठको आइतवार बिहान ७५ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ ।
तत्कालिन घोपा क्याम्प हालको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वास्थ्य सेवा शुरु गरेका श्रेष्ठ हाल धरान ७ स्थित घरमा नै क्लिनिक संचालन गदै आएका थिए । विरामीलाई डा. श्रेष्ठ र उनको उपचार पद्दतीप्रति प्रति दरीलो विश्वास रहने गरेको थियो । डा.श्रेष्ठ मृदु भाषी र सरल जीवनका धनी व्यक्तित्व रहेका थिए ।
डा.श्रेष्ठको आज बिहान करिब ८ बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको वडा नं ७ का कार्यवाहक अध्यक्ष जीवन सुवेदीले जानकारी दिए । डा.श्रेष्ठको आइतवार नै अन्त्येष्टी गरीएको थियो । २००० साल फागुन २६ गते उनको जन्म भएको थियो ।
डा.श्रेष्ठका छोराहरु पनि दुवै चिकित्सा पेशामा नै छन् । एक छोरा डा.निकेश वीपी प्रतिष्ठान छोडेर विराटनगरको एक निजी अस्पतालमा कार्यरत छन् भने बुहारी डा.शैलजा हाल वीपी प्रतिष्ठानमा नै कार्यरत छिन् । अर्का छोरा भने अमेरिकामा छन् । प्रतिष्ठानस्थित मेडिशिन विभागका प्रमुख डा.सञ्जिव शर्माका अनुसार स्वर्गीय डा.श्रेष्ठ धरानमा ब्रिटिश घोपा क्याम्प हुदा क्याम्पको अस्पतालमा कार्यरत थिए । उनको निधनबाट समाजले स्वास्थ्य क्षेत्रमा ठूलो क्षति व्यहोर्नु परेको कार्यवाहक अध्यक्ष सुवेदीको भनाई रहेको छ ।