धरान के के ईन्टरनेसनल स्कुल धरान –१५ ले डे बोर्डिङ अन्तर्गतको मुनलाईट डिनर कार्यक्रम सम्पन्न गरेको छ ।
विगत २ वर्षदेखि हरेक ३र३ महिनामा आयोजना गर्दै आएको
स्कुलले सो डिनर कार्यक्रम सञ्चालन गदै आएको थियो ।
विद्यालयका अध्यक्ष प्रविण अग्रवालले अन्य समयमा विद्यार्थी र शिक्षकहरूबीचमा मात्रै हुदै आएको मुनलाईट डिनर यो पटक भने अभिभावकलाई मुनलाईट डिनरको बारे जानकारी दिन आयोजना गरीएको जानकारी दिए ।
स्कुलले आयोजना गरीने कुनैपनि परिक्षाको अगाडी विद्यार्थीहरुमा पुनर्ताजगि गराउनका लागि के के स्कुलले दिनको समयमा अतिरीक्त क्रियाकलाप गराउने र साँझ परेपछि पुरस्कार वितरणका साथै मुनलाईटमा डिनर गरेपछि मुनलाईट डिनर समापन गर्ने गर्दछ ।
उक्त समयमा विभिन्न सास्कृतिक कार्यक्रम पनि आयोजना गरीएको थियो । साथमा दिनमा भएको खेलमा विजेतालाई पुरस्कार समेत वितरण् गरीएको थियो ।
विद्यार्थीहरूमा परीक्षालाई लिएर उत्पन्न हुने तनाबलाई कम गर्न र विद्यार्थीहरूको क्षमता अभिवृद्धिलाई पुनर्ताजगी गराई अझ क्षमतावान बनाउन उक्त कार्यक्रम गरीदै आएको अध्यक्ष अग्रवालले बताएका छन् ।
विगत केही वर्ष अघिबाट धरानमा शुरु गरेको के के स्कुलले छोटो समयमा नै शिक्षा क्षेत्रमा उल्लेख्य फड्को मार्न सफल वनेको छ ।