काठमाडौं र हिन्दु धर्मावलम्बीहरुको प्रायस् घरमा तुलसीको मठ हुन्छ । तुलसी धार्मिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिन्छ । यसको पूजा पनि गरिन्छ । धार्मिक काममा प्रयोग हुने तुलसी मानव स्वास्थ्यका लागि लाभकारी हुन्छ । तुलसीमा औषधिको गुण हुन्छ । दिनहुँ तुलसीको पात सेवन गरेमा केही बिरामीबाट बच्न सकिन्छ ।
तुलसीका फाइदाहरु
तुलसी सेवनले निमोनिया लाग्नबाट बचाउँछ । यदि तपाईलाई चिसो लागेको छ भने पनि कफ निकाल्न सहयोग गर्छ । यसले छातीको दुखाई पनि कम गराउँछ ।
तुलसीको सेवनले ज्वरोको समस्या देखा पर्दैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिएमा त्यसले निकै फाइदा गर्छ ।
मुटु रोग भएका मानिसहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नु उत्तम मानिन्छ । ‍
घाउ खटिरा आउँदा पनि तुलसीले राम्रो काम गर्छ । घाउ भएको ठाउँमा तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा चाँडै निको हुन्छ ।
यसले मुखको दुर्गन्ध हटाउन सहयोग गर्छ । नियमित रुपमा बिहान तुलसीको पात खाएमा मुखको दुर्गन्ध हटाउँछ ।
यसको सेवनले शीघ्र स्खलन, स्वप्न दोष तथा यौनजन्य रोगबाट टाढा राख्न मदत गर्छ । यसका लागि तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर पिउनुपर्छ ।