धरान÷ग्रामिण क्षेत्रको शिक्षामा आधारीत भएर निर्माण गरीएको समय चलचित्रको धरानमा पहिलो विशेष शो हुने भएको छ ।
आयोजकले पक्षले बुधवार धरान ९ स्थित फ्रेण्डस् गार्डेनमा पत्रकार सम्मेलन गरी सो विषयमा जानकारी गराएको हो ।
विद्यार्थी उमेरमा पढ्ने समयलाई सदुपयोग नगर्दा र अभिभावकले आफ्नो छोराछोरीलाई समय नदिदाको परिणाम के भोग्नु पर्ला र आम विद्यार्थीहरुलाई शिक्षा र समयको महत्वबारे बुझाउने गरी चलचित्र निर्माण गरीएको कार्यकारी निर्माता विशाल श्रेष्ठले जानकारी दिएकाछन् ।
चलचित्रको मुख्य कलाकार शैव श्रेष्ठ अध्ययनतर धरानको विष्णु मेमोरियल हाइस्कुलमा २३ गते शो हुने जानकारी दिएको छ । यस्तै, मंसिर २४ गते धरानकै युरेका उच्चमाविमा पनि विद्यार्थीहरुलाई लक्षित गरेर चलचित्र शो गरिने कार्यकारी निर्माता एवं कलाकार विशाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार ‘समयमा शिक्षालाई नबुझ्दा के समस्या हुन्छ र शिक्षा विनाको मान्छे के हुन्छ भन्ने कुराको सन्देश यो चलचित्रले दिन खोजेको छ ।
विद्यार्थीहरुलाई शिक्षा र समयको महत्वबारे बुझाउने चलचित्र भएकोले विद्यालयहरुमा पनि बिशेष शोहरु आयोजना गदै जाने वताइएको छ ।
काभ्रेको मन्दन देउथलमा छायाङकन गरीएको चलचित्रले ग्रामिण क्षेत्रको शिक्षाको अवस्थाको यथार्थ चित्रण गरीएको चलचित्र निर्देशक सुरेन्द्र शाहले वताए । चलचित्रमा १४ बर्षीय शैव श्रेष्ठ, मानिका दाहाल, सुरेन्द्र शाह, विशाल श्रेष्ठ लगायतको मुख्य भुमिका रहेको छ । विद्यार्थी जीवनमा शिक्षाको महत्व बुझ्नुपर्छ र अभिभावकले पनि आफ्नो छोराछोरीलाई समय दिनुपर्छ भन्ने महत्वपुर्ण सन्देश दिन सफल वनेको निर्देशक शाहको दावी रहेको छ । ‘विद्यार्थी, शिक्षक, अभिभावकहरुको लागि अत्यन्तै उपयोगी फिल्म रहेको उनको भनाई रहेको छ
सुटिङ भएको स्थानमा गरीएको शो बाट निर्माण पक्षलाई निकै हौसला मिलेको र त्याहाबाट निकै उत्साहित वनेको उनको भनाई रहेको छ । यो निर्माता जोशी कुमार ‘बेल्जिमयम’ हुन् । कथा डि।के।ढुंगानाले लेखेको फिल्ममा गीत राम रुवाली ‘अष्ट्रेलिया’ले लेखेका छन् भने संगीत राजेशकुमार श्रेष्ठले भरेका छन् । चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ले गरेका छन् ।
कार्यकारी निर्माता विशाल श्रेष्ठले पनि करिव आधा दर्जन चलचित्रमा आफ्नो अभिनय गरीसकेकाछन् भने निर्देशक शाहले एक दर्जन भन्दा वढी चलचित्र निर्देशन गरीसकेकाछने ।